नेपालको इन्टरनेट बजारमा वल्र्डलिंक पहिलो

दमक, २० माघ । नेपाल सरकारको नियमक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको इन्टरनेट प्रयोगकर्ता बढिरहेको पाईएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको कात्तिक मसान्त सम्मको तथ्यांक अनुसार वल्र्डलिंकको इन्टरनेट जडान गर्ने ग्राहकको संख्या ३ लाख ३८ हजार बढी रहेको छ । जबकी दोश्रो स्थानमा रहेको नेपाल टेलिकमको २ लाख ३३ हजार २८९ मात्र रहेको छ ।

कुल इन्टरनेट जडान गर्ने ग्राहक संख्याको आधारमा नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले ४५ प्रतिशत बजार ओघटेको छ भने दोश्रो स्थानमा रहेको सुबिशुले १३.२ प्रतिशत मात्र बजार लिएको छ । इन्टरनेट प्रदायक कम्पनीले विदेशबाट लिने ब्यान्डविथमा पनि वल्र्डलिंक नै अगाडी देखिएको छ । उसले १३० जिबिपिएस ब्वान्डविथ लिने गरेको दुरसञ्चार प्राधिकरणको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

यस्तै नेपाल टेलिमकले ५० र एनसेलले २० जिविपिएस ब्यान्डविथ लिने गरेको पाईएको छ । प्राधिकरणको तथ्यांक अनुसार सन् २०१६ यता वल्र्डलिंक कम्पनीको इन्टरनेट प्रयोग गर्नेको संख्या ह्वातै बढिरहेको देखाएको छ । प्राधिकरणको तथ्यांकमा नेपालमा हाल मोबाईलबाट इन्टरनेट चलाउनेको संख्या ९८ प्रतिशत र टेलिफोनबाट इन्टरनेट जडान गर्नेको संख्या मात्र २ प्रतिशत रहेको देखाएको छ ।

वल्र्डलिंक कम्युनिकेशन लिमिटेड दमक शाखाका प्र्रमुख राजन तिम्सिनाले अनुसार पूर्वमा पछिल्लो समयमा वल्र्डलिंकको इन्टरनेटप्रति ग्राहकको आकर्षण बढेको बताउनुभयो । उहाँका अनुसार द्रुत गतिको इन्टरनेट, द्रुत सेवा, गुणस्तरीय सर्भिस, ग्राहकहरुले खोजको अनुसारका प्याकेज, दक्ष प्राविधिक लगायतका कारण वल्र्डलिंकको इन्टरनेट प्रयोगकर्ताको रोजाई बनेको हो ।

वल्र्डलिंकले आफ्ना ग्राहकहरुलाई थप सेवा र सुबिधालाई ध्यानमा राखेर अन्य योजनाहरु पनि बनाईरहेको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो । वल्र्डलिंकले मासिक रु १२५० देखिको प्याकेजमा आईपिटिभी, उच्च गतिको इन्टरनेट, नेपालका १० हजार ठाउँमा आफुले जडान गरेकै इन्टरनेट चलाउन सक्ने सुबिधाका साथ अन्य धेरै सुबिधाहरु आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖