चर्चित दोहोरी गायिका जेरीको ५ बर्षको प्रेम अन्ततः बिबाहमा परिणत, विवाह मण्डपमै बेहुला बेहुलीको चल्यो दोहोरी
काठमाडौं । चर्चित लोक दोहोरी गायिक बबिता बानियाँ जेरीले लगनगाँठो कसेकी छिन् । उनले मोडल तथा गायक शंकर क्षेत्रीसँग विवाह गरेकी हुन् । ५ बर्ष देखिको प्रे,मलाई विवाहमा परिणत गरेकी जेरीले आफ्नो विवाहकै दिन श्रीमानसंग पनि दोहोरी खेलिन् ।
वाजा वजाएर गरिएको विवाहमा जेरी र शंकरका आफन्तको सहभागीता थियो । यस अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा संगै देखिएका जेरी र शंकरले आफुहरुको सम्बन्धलाई त्यसरी वाहिर भने खुलाएका थिएनन् ।
दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो । विवाह मण्डपमै बेहुला बेहुली बीच दोहोरी चलेपछि विवाहको माहोल निकै रमाइलो भएको थियो।


