धन्न बालकोट गएर किनें र जो गिएँ, बालुवाटार आएको भए फ स्ने रहेछु’ :प्रधानमन्त्री

काठमाडौं। बालुवाटा रस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्वमन्त्री सहित १७५ जना वि’रुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ। पूर्वउप प्रधानमन्त्री विजयकुमार गच्छदारलगायतमाथि भ्रष्टाचार मुद्धा दायर हुँदा कतिपयले भने जानीजानी अरुलाई उन्मुक्ति दिइएको आरोप पनि लगाएका छन्।

एक दिनअघि,२१ माघ साँझ बालुवाटार स्थित आफ्नो सरकारी निवासमा सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू जोगिएको टिप्पणी गरेका थिए। सम्पादकहरूले ललिता निवासको जग्गाको प्रसंग उठाएपछि प्रधानमन्त्रीले भनेका थिए– “त्यसबेला म पनि जग्गा खोज्दै हिंडेको थिएँ, यता आएको भए फस्ने रहेछु। धन्न बालकोट गएर किनें र जोगिएँ।”

जग्गा किन्नेले जग्गाधनी पूर्जा हेर्ने र मालपोतले त्यसलाई पास गर्ने भएकाले जोकोही पनि झुक्किन सक्ने प्रधानमन्त्रीको संकेत थियो। त्यसक्रममा उनले ललिता निवास प्रकरणको छानविन आफूले नै गर्न लगाएको उल्लेख गर्दै दोषी नउम्किने प्रतिवद्धता जनाएका थिए। “सरकारले गर्ने भनेको जग्गा रोक्का हो, त्यो गरिसकेका छौं”, प्रधानमन्त्रीको भनाइ थियो, “सीआईबी र अख्तियारले छानविन गरिरहेका छन्, दोषी जो भए पनि कारबाहीको भागीदार हुन्छ।

ललितानिवासको जग्गा प्रकरण बाहिर आएपछि आफूले बालकोटमा रहेको आफ्नो निवासको जग्गाबारे पनि सोधीखोजी गरेको प्रधानमन्त्री ओली बताउँछन् । उनी भन्छन्, ‘बालुवाटारको जग्गाको प्रकरण आएपछि मैले त्यहाँ (बालकोटमा) सोधें साथीहरुलाई, त्यो पनि कतै सार्वजनिक जग्गा त परेको छैन ? त्यस्तो रैन छ, ढुक्क भयो ।’आफूले अहिले देशैभरिका सार्वजनिक जग्गाहरु फिर्ता ल्याउने अभियान चलाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।