चीनबाट नेपाली विद्यार्थी रुँ,दै सोध्छन्- के हामी नेपाली हैनौं ?, बालुवाटार जग्गा प्र,करणमा सरकारको ऐतिहासिक ‘एक्शन’ (भिडियो सहित)
काठमाडौं, २३ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. स्कुलको कक्षा कोठामा गाईबस्तु राखिन्छ, चौरमा बसेर पढ्छन् विद्यार्थी !
धनुषा । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ राघोपुरमा रहेको ‘राघो बाबा प्राथमिक विद्यालय’मा २५० जना विद्यार्थीहरु अध्ययन गर्छन् ।
यति धेरै विद्यार्थीहरु पढ्ने विद्यालयको कक्षा कोठामा बसेर पढ्ने बेञ्च समेत छैन । विद्यार्थीहरु त्यही विद्यालयको चौरमा चकटी ओछ्याएर पढ्न बाध्य छन् । स्कुलको कक्षा कोठाहरुमा स्थानीयले राति गाईबस्तु राख्नका लागि प्रयोग गर्दै आएका छन् । प्रयोगविहीन बनेका कक्षा कोठाहरुमा रक्सीको बोतल समेत भेटिएको छ ।
त्यति मात्र होइन, विद्यालयमा शिक्षकहरु समेत उपस्थित हुँदैनन् । हाम्रो टिम रिपोर्टिङका लागि सो विद्यालय पुग्दा एक जना करारका शिक्षक मात्र उपस्थित थिए ।

२. ललिता निवास जग्गा प्र करण : बिष्णु पौडेल कसरी चो खिए ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा पूर्व उपप्रधानमन्त्री तीन जना, पूर्व सचिव, ठूला व्यापारीसहित एक सय ७५ जनावि रुद्ध नौ अर्ब आठ करोड १४ लाख बिगो माग गर्दै विशेष अदालतमा मु द्दा दायर गरेको छ ।
अख्तियारले ११ महिनाको अनुसन्धानपछि गत बुधबार मात्र मु द्धा दायर गरेको हो । मुद्धा दायर हुनेहरुमा पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, पूर्व भूमि सुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वभौतिक पूर्वाधारमन्त्री छविराज पन्त समेत छन् ।
त्यस्तै पुर्व सचिवहरु दीप बस्न्यात र दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको छ । अख्तियारले चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमवि रुद्ध पनि मुद्दा दायर गरेको छ ।
३. मधेशमा ‘सीधाकुरा’ प्रभाव : प्रहरीको सर्च अ परेशन, ठ गहरुको भा गाभाग
रौतहट । छोरालाई अष्टेलिया पठाउनका लागि भन्दै १० लाख रुपैयाँ दिएर करोडौंको जग्गा ह डप्ने रौतहटको गरुडा नगरपालिकामा कार्यरत आईटी अफिसर भुपनारायण यादवलाई प्रहरीले नि यन्त्रणमा लिएको छ ।
समाजवादी पार्टीका राष्ट्रिय परिषदका सदस्य जयनाथ यादवले सोही नगरपालिकाका शेख कादिरको छोरालाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै उनीसँग भएको जग्गा भुपनारायण यादवको नाममा राखेर आफूले १० लाख रुपैयाँ लिएका विषयमा हामीले कार्यक्रममा रिपोर्ट प्रसारण गरेका थियौं ।
हामीले रिपोर्ट प्रसारण गरेपछि प्रहरीले भुपनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । अर्का आरोपी समाजवादी पार्टीका राष्ट्रिय परिषदका सदस्य जयनाथ यादव भने फरार भएका छन् ।


