नि,र्मला पन्त प्र,करण – के हुदैछ कञ्चनपुरमा ?, यस्तो छ डीआईजी सुरज केसी ने,तृत्वको समितिले दिएको नि,श्कर्ष

काठमाडौं । न्यूज २४ टेलिभिजिनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. निर्मला पन्त प्र,करण : एआईजीको समितिको प्रतिवेदन खारेज, अनुसन्धान पुनः दीलिपसिंह विष्टमाथि !
काठमाडौं । निर्मला पन्त प्रकरणमा फेरि अर्को ट्वीष्ट आएको छ । प्रहरी प्रधान कार्यालयले डिआईजी सुरज केसीको नेतृत्वमा गठन गरेको पुनरावलोकन समितिले यसअघि प,क्राउ भएपनि डिएनए नमिलेर छुटेका दीलिप सिंह बिष्टमाथि नै अनुसन्धान केन्द्रित गर्नुपर्ने र अनसन्धानमा प्रहरीले नै लापरवाही गरेको भन्ने एआईजी धिरु बस्नेतको प्र,तिवेदन गलत भएको भन्दै कार्यान्वयन नगर्न सुझाबसहितको प्रतिवेदन दिएसँगै घ,टनाको अनुसन्धान साँघुरिदै जाने संकेत देखिएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई सोही प्रतिवेदनको आधारमा अनुसन्धान गर्न निर्देशन समेत दिएको छ ।

पुनरावलोकन समितिले भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कञ्चनपुर प्रहरीले सुरुमा गरेको अनुसन्धान नै सही रहेको नि,श्कर्ष दिएपछि प्रहरी प्रधान कार्यालयले बस्नेत नेतृत्वको समितिले दिएको प्रतिवेदन नै खारेज गरेको छ । प्रतिवेदन खारेजसँगै मुख्यालयको निर्देशन मुताबिक कञ्चनपुर प्रहरीले पुनः अ,नुसन्धान थालेको छ ।

डीआईजी सुरज केसी नेतृत्वको समितिले दिएको निश्कर्ष :
– बस्नेत समितिको प्रतिवेदन बयानमा मात्रै आधारित रहेको, अफवाहका आधारमा धारणा बनाएका व्यक्तिको भर परेको, अनुसन्धानलाई दिग्भ्रमित पारेको ।

– प्रहरीको अनुसन्धानवि,रुद्ध चलाइएका प्रायोजित हल्ला, चर्चा र सामाजिक सञ्जालद्वारा प्रेरित जनमानसमा सनसनी फैलाउने गैरजिम्मेवार समाचारको शृंखलाबाट प्रतिवेदन निर्देशित भएको ।

– अनुसन्धानमा भएका महत्वपूर्ण उपलब्धिलाई अमान्य घो,षित गरेको, सम्भावित आरोपितलाई यातना दिई साविती बयान गराएको, प्रमाण नष्ट गरेको, नक्कली प्रमाण खडा गरेको भन्ने पूर्वमान्यताबाट निर्देशित रहेको ।

२. निर्मला पन्त प्र,करण : के हुदैछ कञ्चनपुरमा ?
काठमाडौं । निर्मला पन्त प्रकरणमा दीलिपसिंह बिष्टमाथि नै पुन अनुसन्धान गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको नि,ष्कर्ष छ । सोही कारण कञ्चनपुर प्रहरी दीलिपसिंह बिष्टमाथि नै पुनः अनुसन्धान गर्ने तयारीमा जुटेको छ । डिएनए नमिलेको तथा आन्दोलनको दबाबमा सरकारी वकिलको रायमा छुटेका उनीमाथि पुन डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले अनुसन्धान गर्न सुझाव दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।