रंगशालामा सुन्तलीले धुर्मुसलाई चु,म्बन दिएर सुरु गरिन् मैत्रीपूर्ण क्रिकेट खेल (भिडियो सहित)

काठमाडौ । धुर्मुस सुन्तलीलाई अहिले भ्याई नभ्याई छ । आफुले निर्माण गरेको पहिलो चलचित्र ‘सेन्टी भा,इरस’ को प्रचार प्रसार गर्नुपर्ने साथै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउने अभियानमा हिड्नुपर्ने हुँदा धुर्मुस सुन्तली अहिले व्यस्त माथि व्यस्त छन् ।

‘सेन्टी भाइरस’ को प्रमोसनका लागि धुर्मुस सुन्तलीले बन्दै गरेको रंगशालामा मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरेका छन् । चलचित्र पत्रकारहरु र सेन्टी भाइरसका कलाकारहरु बीच हुन लागेको मैत्रीपूर्ण क्रिकेट खेल आज हुँदैछ । यो खेल पूर्णता चलचित्र प्रचार प्रसार र रंगशाला सहयोगार्थ हुने गरि आयोजना गरेको आयोजकले बताएका छिन । काठमाडौबाट पत्रकारहरु हिजो चितवन पुगेका छन् भने अहिले उक्त खेल सुरु भएको छ ।

‘सेन्टी भा,इरस’ का मुख्य कलाकारहरु समेत चितवन पुगेर रंगशाला निर्माणको अभियानमा हात बढाईरहेका छन् । दयाहांग राई, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, कुमार कट्टेल, अर्जुन घिमिरे लगायत कलाकारहरु चितवन मा छन् र आजको खेलमा सहभागी हुँदै छन् ।

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस भएका कारण धुर्मुस सुन्तलीले प्रेम दर्शाउंदै आजको मैत्रीपूर्ण खेल सुरु गरेका छन् । धुर्मुसले घुंडा टे,केर सुन्तलीलाई प्रपोज गरेका छन् भने सुन्तलीले धुर्मुसको गालामा चु,म्बन गर्दै खेल सुरु गरेका छन् । धुर्मुस सुन्तलीको माया देखेर सबै एकछिन लोभिएका समेत थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।