यी आमा जो आफ्नै चर्चित छोराको परिचयबाट चिनिन चाहदिनन्, कारण यस्तो (भिडियो सहित)

काठमाडौं । चर्चित स्व,र्गीय पत्रकार इन्द्र लोहनीकी आमा हरिमाया लोहनीले आफ्नो छोरा गु,माएपनि देशका सबै छोराहरु आफ्नो छोरा भएको बताएकी छिन । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सबै छोराहरु मिलेर समृद्ध देश बनाउन लाग्नु पर्ने सुझाईन् ।

उमेरले ७० पार गरिसकेकी हरिमाया लोहनी अहिले घरमा बसेर सुईटर बुन्छिन् । घरवर पर जडिबुटीका बिरुवा लगाएकी छिन् । भन्छिन्, आफुले जानेको कुरा पुस्तान्तरण होस भन्ने मेरो चाँहना हो , तर नयाँ पुस्ता खाँसै चाँख दिदैंनन् ।

चर्चित पत्रकार इन्द्र लोहनीको आमा भएपनि उनी आफ्नै परिचय दिने गरेकी छिन्, हरिमाया लोहनी घर झापा । परिचय दिँदा इन्द्र लोहनीकी आमा भन्नुनी ? उनले भनिन्, सबैको आफ्नै परिचय छ, म मेरो परिचयले नै चिनिन चाहान्छु । त्यसो भए छोराको नामको जस लिने अधिकार छैन त तपाईलाई ? छ , तर त्यो जस मैले लिने हैन तपाईहरुले दिने हो ।

साहित्यमा अब्बल हरिमायाले एउटा मेरी आमा नेपाल नामक पुस्तक पनि प्रकाशन गरेकी छिन् । बितिसकेको छोराको उनी खाँसै कुरा गर्न चाहादिनन् । जे छ मनै छ छ भन्छिन् । तर उनले एउटा कुरा उक्काईन्, छोरा इन्द्रले सानैमा आफुले लगाएको सुईटर साथीलाई दिएछ, आमाले भनिन्, किन दिएको भन्दा उस्को केहि छैन दिए आमा भन्यो । लक्ष्मीप्रसाद देवकोटा स्वभावको थियो ।

पत्रकारितामा पाएको तलब पनि गरिब दुखीको सेवामा नै सकेको आमाको भनाई छ । हामीले तलब देख्न पाईनौ, सबै गरिव दुखीलाई बाढ्थियो । स्मरण रहोस, झण्डै ११ बर्षअघि हृ,दयाघा,तका कारण नि,धन भएका इन्द्र लोहनीलाई टिभी टक शोका लोकप्रिय प्रस्तोता र सर्वाेच्चका अधिवक्ताका रुपमा त्यसताका धेरैले चिनेका थिए । तर पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ ।

तर उनलाई जान्नेहरु टेलिभिजन टक सो मा यतिको आ,टि र ख,रो बहस गर्ने आजसम्म नभेटिएको स्विकार गर्छन् । यतिमात्र हैन, उनले सोधेको प्रश्न आफैतिर फर्कियो भने पनि द,मदार उत्तर दिन सक्थे । आमा इन्द्रमायासँगको कुराकानी बाँकी भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।