पूर्वसभामुख महरालाई अ दालतबाट सफाइ
काठमाडाैं,फागुन ६ । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई ज बर्जस्ती क रणी उद्योग मु द्दामा सफाइ दिएको छ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरामाथिको अभियोग दावी नपुग्ने फैसला गरेको हो । करिब चार महिनापछि उनीले अदालतबाट सफाइ पाएका हुन् ।
फैसलामा चित्त नबुझे सरकारले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने छ। अदालतको आदेशअनुसार महरा सोमवार नै का रागारबाट रिहा समेत भएका छन्।
जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महरालाई अभियोगबाट सफाइ दिने फैसला गरेको बताए। उनले भने, ‘अभियोग दाबीबाट प्रतिवादीलाई सफाइ पाउने फैसला भएको छ । फैसलाको आधार र राय लेखिएको छ तर पूर्णपाठ तयार भइसकेको छैन।’ गोरखापत्र दैनिकमा खबर छ ।


