राष्ट्रिय आ बिस्कार केन्द्रमा गुन्द्रुक बनाउने देखि बाँ दर ध पाउने मेसिन सम्म

काठमाडौं : वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र उद्घाटन भएको छ । राजधानीको किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ। त्रिभुवन विश्व विद्यालय हाता भित्र स्थापना गरिएको आविष्कार केन्द्रको शुक्रबार त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति सुधा त्रिपाठी डेनमार्कका प्रो.डा.फ्लेमिङ तोप्से डेभिड कोवास तथा केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रूपमा उद्घाटन गरे।

आज ऐतिहासिक कामको सुरुवात भएको छ यसलाई निरन्तरता दिनुपर्छ निमित्त उप कुलपति त्रिपाठीले भनिन अब कसैको प्रतिभा कुन्ठित हुदैंन । केन्द्रले नेपाल भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्छ।उनले यसअघि नै देशमा आविष्कार केन्द्रको आवश्यकता रहेको बताउदै ढिला भएपनि उदाहरणीय काम भएको जानकारी दिईन्। नेपाल विकास तथा सम्वृद्धिको यात्रामा अघि बढिरहेको छ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने वैज्ञानिक तथा सीपको उचित मूल्यांकन हुने छ उनले भनिन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेन मार्कका गणितिज्ञ प्रो.डा.फ्लेमिङ तोप्सले आविष्कार केन्द्रलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए। नेपाल साँच्चिकै सुन्दर छ र यसको सुन्दरतालाई कायम राख्न सबै मिलेर काम गर्नुपर्छ फ्लेमिङले भने नेपालले विकासको गति लिदै छ, जसको एक उदाहरण आविष्कार केन्द्रको स्थापना हुनु पनि हो।

उनले विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गरी लाभ लिनु पर्ने भन्दै केन्द्रको कामले सबैलाई उत्प्रेरणा प्रदान गर्ने जानकारी दिए। आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफूले धेरै ठूलो काम नगरेको बताउँदै नयाँ विचार र प्रतिभा भएकाहरुका लागि सानो काम गर्ने जमर्को गरेको बताए। नेपालभरि एउटै आविष्कार केन्द्रले पुग्दैन् यसलाई देशभरि विस्तार गर्दै लैजानुपर्छ पुुनले भने आविष्कार गर्न शैक्षिक योग्यता हुनैपर्छ भन्ने छैन।

नयाँविचार सिप भएका जो सुकैले आविष्कार गर्न सक्छन्।उनले नेपालमा पढेलेखेका तथा डाक्टर इन्जिनियरले मात्रै आविष्कार गर्छन भन्ने भ्रम रहेको समेत बताए। आविष्कार केन्द्रले नेपालमा नयाँ प्रविधिको विकास गर्नुका साथै आर्थिक क्षेत्रमा समेत सहयोग पुर्‍याउने जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।