अब महराको राजनीतिक भविष्य के ?

काठमाण्डौ । सोमबार जिल्ला अदालतबाट सफाइ पाएसँगै पूर्व सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवन के होला भन्ने बारे चर्चा सुरु भएको छ । उनले अदालतबाट सफाइ पाए लगतै उनको संघीय संसदमा सांसदको हैसियतमा प्रतिनिधिसभा बैठकमा भाग लिन बाटो त खुलेको छ । सिंगो राजनीति भविष्यमा भने ठुलो ध,क्का लागेको छ ।

अहिलेको नियमावलीअनुसार भ्र,ष्टाचार मुद्दा दर्ता भएको बाहेक अन्य अभियोग प्रमाणित नहुँदासम्म सांसद पद नि,लम्बन नहुने कानुनी व्यवस्था छ । अभियोग लागेलगत्तै कृष्णबहादुर महरा प,क्राउ परेकाले सांसदको हैसियतमा काम गर्न नपाएका उनी जे,ल मुक्त भएसँगै राजनीतिक जीवन पूर्ववत अघि बढाउन कानुनी समस्या छैन । तर यो प्र,करणमा उनले अपूरणीय राजनीतिक क्ष,ति भने व्यहोरिसकेका छन् ।

जसले अव महरा कसरी अघी बढ्ला, उनको राजनीतिक भविष्य के होला भन्ने प्रश्न उठ्नु स्वाभाविक मान्न सकिन्छ । यद्यपी उनलाई अव कानुनी र संवैधानिक हिसावले कुनै समस्या नभएको बताउँछन् कानुनविद् रमण श्रेष्ठ ।

तर जिल्लाको फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालतमा जाने बाटो भने खुलै छ । उता सोमबार जेलमुक्त भए लगतै महराले विज्ञाप्ती जारी गर्दै आफुमाथि राजनीतिक ष,ड्यान्त्र भएको प्रतिक्रिया दिएका थिए ।

उनले अवको आफ्नो ल,डा,इ स्वाधिनताको र,क्षा आफ्नो पहिलो प्रथामिकता हुने पनि बताएका थिए । राजनीतिमा रहदां पदको हिसावले उनी उपप्रधानमन्त्रीका साथै सभामुख भइसकेका व्यक्ति हुन् । अब महराले पाउन बाँकी प्रधानमन्त्री र पार्टी अध्यक्ष पद मात्र हो । उनका लागि यो पद हासिल गर्न कानूनी रुपमा त अ,वरोध छैन । तर नैतिक रुपमा समाजलाई आफू नि,र्दोष रहेको आ,श्वस्त पार्नुपर्ने चुनौति म,हरासमक्ष रहेको श्रेष्ठ बताउँछन् ।

महराले सोमबार काठमाडौं जिल्ला अदालतबाट पाएको सफाइ पत्र संघीय संसद सचिवालयमा पुगेको छ । योसंगै महराको प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थु,नामुक्त भएको जानकारी गराइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि सांसद महराको नि,लम्बन फु,कुवा भएको छ । तत्कालीन सभामुख महराले सो प्र,करणपछि सभामुख पदबाट महरलाई प,क्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी नि,लम्बित भएका थिए । सोमबार अदालतबाट छुटेसँगै महरा का,रागारबाट छुटेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖