कोरियाका नेपालीलाई धमाधम प क्राउ गर्दै नेपाल फि र्ता पठाउँदै

काठमाडौं, फागुन ८ । दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए। खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍याे। दिवसलाई प्रहरीले प क्राउ गरेर लग्यो।

‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू गए,’ कुञ्जनले भने, ‘पछि थाहा भयो अरूले जाँच दिएर भाषा पास गरी आएको आरोपमा उनलाईि समातिएको रहेछ। अहिले डिटेन्सन सेन्टरमा राखेर जाँच कसले दिएको हो भनी सोधखोज गरिरहेका छन् भन्दैथ्यो। अर्काे हप्ता नेपाल पठाउने रे।’

केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र न क्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले प क्राउ गर्दै नेपाल पठाउन थालेको खबर दक्षिण कोरियाबाट गोकुल थोकर तामाङले आजको कान्तिपुरमा लेखेका छन्।

नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यागन विभागले दिएको बताए।

‘हामीलाई कोरियाली भाषामा अरूका नामा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ,’ उनले भने।

कोरियाली भाषा परीक्षाको प्रवेशपत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड(परिचय पत्र) बनाउने बेला अध्यागमनले खिचेको फोटोका आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖