छानबिन होला त गोकुल बाँस्कोटामाथि ?, हेर्नुस् बाँस्कोटासँग ‘क,मिशन डिल’ गर्ने विजय मिश्रसँग सिधाकुराको एक्सक्लुसिभ भिडियो
काठमाडौं । ७० करोड घु,स मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट विहीबार रा,जीनामा दिएका छन् ।
भ्र,ष्टाचारीको अनुहार पनि हेर्दिन भन्ने सरकारका प्रवक्ता समेत रहेका गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका प्रतिनिधिसँग ७० करोड क,मिशनका लागि बा,र्गेनिङ गरेको अडियोसहितको समाचार हाम्रा कुरा डटकमले सार्वजनिक गरेको थियो ।
उक्त अडियोमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँग यसरी आँफूलाई आउने क,मिशनको प्रतिशत बा,र्गेनिङ गरेका छन् । एजेन्ट मिश्रसँग आउट अफ ट्र्या,क भन्दै मन्त्री बाँस्कोटाले ५० करोडबाट कुरा सुरु गरेका छन्, भने ७० करोड क,मिशन आउँदा आफ्नो भागमा कति पर्छ ? भनेर समेत प्रश्न पनि गरेका छन् ।

छानबिन होला त गोकुल बाँस्कोटामाथि ?
काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित भएका गोकुल बाँस्कोटा २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री बनेका थिए । त्यस्तै २०७५ जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई सञ्चार तथा सूचना मन्त्रालयको सम्पूर्ण जिम्मेवारी सुम्पेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नि,कट स,म्बन्ध भएका बाँस्कोटा ओलीकै निजी निवास बालकोटमा बस्दै आएका छन् ।
बाँस्कोटाले दुई दशक भन्दा बढी समय पत्रकारिता पेसामा बिताएका छन् । उनले दृष्टि साप्ताहिक, चेष्टा साप्ताहिक, छलफल साप्ताहिक, रेडियो नेपालको चर्चित कार्यक्रम घ,टना र विचार हुँदै आफैले चलाएको सम्बोधन साप्ताहिकमा सम्पादक भएर काम गरेका थिए ।


