यी हुन १३ वर्षमा पद गु,माऊने १० मन्त्री – यसकारण गु,माए पद

काठमाडौं । क,मिसन ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि ‘नैतिकताको आधारमा’ भन्दै गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीबाट रा,जीनामा दिए । तर, विवादपछि नैतिकता देखाएको भनिएका बाँस्कोटा पहिलो पात्र भने होइनन् । २०६३ यता वि,वादकै कारण पद गुमाउने बाँस्कोटा संघीय सरकारका दसौं मन्त्री हुन् । प्रदेशतर्फ पनि ४ जना मन्त्रीले पद गुमाइसकेका छन् ।

वि,वादास्पद अ,भिव्यक्ति, अनुशास,नहीन गतिविधि र प्रधानमन्त्रीसँगको ट,करावका कारण पछिल्लो १३ वर्षमा संघीय सरकारका १० मन्त्रीले पद गु,माएका छन् । प्रदेश सरकारतर्फ यो संख्या ४ पुगेको छ । मातृकाप्रसाद यादवबाट सुरु भएको पद गुमाउने सिलसिला गोकुलप्रसाद बाँस्कोटासम्म आइपुगेको हो ।

मातृकाप्रसाद यादव – २०६३ चैत १८ मा माओवादीको तर्फबाट गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागि भएका वन तथा भू–संरक्षण मन्त्री रहेका मातृकाप्रसाद यादवले ‘सेना प्रकृति संरक्षण वि,रोधी’ रहेको अ,भिव्यक्ति दिए । जसका लागि रक्षामन्त्रीसमेत रहेका तत्कालीन प्रधानमन्त्री कोइरालाले यादवसँग स्पष्टीकरण मागे । स्पष्टीकरणको जवाफ दिनुको सट्टा मन्त्रिपरिषद्को बैठक नै ब,हिष्कार गरेपछि प्रधानमन्त्रीसँग बढेको दूरीबीच ललितपुरका तत्कालिन स्थानीय विकास अधिकारीलाई शौचालयमा थु,नेको घ,टनामा पनि मु,छिएपछि यादव २०६४ साउन १७ गते सरकारबाट बाहिरिनु प¥यो ।

प्रभु साह – २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए– प्रभु साह । विश्व हिन्दू संघका अध्यक्ष काशीनाथ तिवारीको ह,त्या,का,ण्डमा मु,छिएपछि वि,वादमा आएका साहले २०६८ असोज २९ मा राजीनामा दिएका थिए । सोही दिन बिहान नेकपा माओवादीले विवादमा परेको भन्दै साहलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

शरतसिंह भण्डारी – २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री रहेका शरतसिंह भण्डारीले ‘तराईका २२ जिल्ला टु,क्रन सक्ने’ अभिव्यक्ति दिए । आफ्नो भनाइ विवादित भएपछि २०६८ असोज १२ को भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले बोलेका बिषयलाई सञ्चारमाध्यमले ब,ङ्ग्याएर प्रस्तुत गरेको दावी गरेपनि वि,रोध रोकिएन । प्रतिपक्षी कांग्रेस र एमालेले संसद अवरुद्ध नै गरेपछि फोरम लोकतान्त्रिकले भण्डारीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गर्यो । र, २०६८ कात्तिक २ गते व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै तत्कालिन प्रधानमन्त्री भट्टराईले भण्डारीलाई प,दमुक्त गरेको घोषणा गरेका थिए ।

हरि पराजुली – सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री थिए, नेकपा एमालेका हरि पराजुली । उनले २०७२ असार १५ गते काठमाडौंको मूलपानीमा धान दिवस मनाउँदा म,हिलामाथि अ,शिष्ट व्य,वहार गरेको भिडियो सार्वजनिक भएको थियो । वि,वाद बढेपछि पराजुलीले तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीमार्फत असार १७ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।

राधा ज्ञवाली – सुशील कोइराला नेतृत्वको सरकारमा तत्कालीन नेकपा एमाले नेतृ राधा ज्ञवाली ऊर्जामन्त्री थिइन् । सोलु करिडोर प्रसारण लाइन बनाउँदा अ,नियमितता गरेको आ,रोप लगाउँदै मन्त्री ज्ञवालीलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको थियो । कोइरालाले उनलाई राजीनामा दिन आग्रह पनि गरेका थिए । तर, न,मानेपछि २०७२ असोज १४ मा ज्ञवाली ब,र्खास्तगीमा परिन् ।

पुरुषोत्तम पौडेल – तत्कालीन नेकपा एमाले नेता पुरुषोत्तम पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि खेलकुद मन्त्रीबाट राजीनामा दिएका थिए । अख्तियारको पत्रपछि प्रधानमन्त्री सुशील कोइरालाले रा,जीनामा दिन आग्रह गरेपछि पौडेलले २०७२ असोज १४ मा रा,जीनामा दिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिमा पौडेलले पदीय आचरण अनुसार काम नगरी भ्र,ष्टाचार गरेको भन्दै अख्तियारले पौडेललाई का,रबाही गर्न सिफारिस गरेको थियो ।

दिलनाथ गिरी – पार्टीको आन्तरिक वि,वादका कारण तत्कालीन राप्रपा नेपालबाट सहरी विकास मन्त्री बनेका दिलनाथ गिरीले प,दमुक्त हुनुपरेको थियो । २०७४ पुस १७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीलाई ब,र्खास्त गरेका थिए । पार्टी अध्यक्ष कमल थापासँग उनको मन्त्रिपरिषद् बैठकमै वि,वाद भएको बताइएको थियो । पछि पार्टीको बैठक बसेर उनलाई फिर्ता बोलाउने निर्णय गरिएको थियो ।

शेरबहादुर तामाङ – २०७५ साउन ४ मा बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति वि,वादित भएपछि तत्कालिन कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ २०७५ साउन ८ पदबाट राजीनामा दिन बाध्य भएका थिए । तामाङले रे भन्दै ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका छात्राले सर्टिफिकेट लिनका लागि कहीँ न कहीँ आफूलाई बे,च्नैपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । २०७५ चैत २ गते मन्त्री नियुक्त भएका तामाङले ४ महिना ८ दिन मात्रै कार्यभार सम्हाल्ने अबसर पाएका थिए ।

गोकुलप्रसाद बाँस्कोटा – से,क्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने क,मिसनसम्बन्धी विवादमा परेपछि वर्तमान सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रहेका बाँस्कोटाले बिहीबार राजीनामा दिएका हुन् । कमिसन रकमका बारेमा गरेको ‘डिल’को अडियो बुधवार राति सार्वजनिक भएको थियो ।

यिबाहेक २०७६ भदौमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री र २०७५ कार्तिक २७ गते सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी ब,र्खास्तमा परे ।

आर्थिक अ,नियमितता तथा कि,र्ते का,ण्डमा मु,छिएपछि सुदूरपश्चिम प्रदेशकै उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले २०७६ कात्तिक २४ गते रा,जीनामा दिनुप¥यो । यस्तै, मुख्यमन्त्री डोरमणि पौडेलसँगको वि,वादपछि २०७५ कार्तिक १६ गते बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले पनि सरकार छोड्नु परेको थियो ।

ल्हारक्याल लामा – विवादित पृष्ठभूमिका ल्हारक्याल लामा झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री बनेका थिए । नेपाल र भारतसमेतका देशबाट नागरिकता, रासनकार्ड र राहदानी लिएको पुष्टिपछि तत्कालीन प्रधानमन्त्री खनालले उनलाई ब,र्खास्त गरेका थिए । न्यूज २४ नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।