५ अर्ब भ्र,ष्टाचार हुनबाट मैले देशलाई जो,गाएको छु – प्रधानमन्त्रीमाथि पनि छा,नबिन हुनुपर्छ – विजयप्रकाश मिश्र (भिडियो सहित)

काठमाडौं । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा क,मिसन डी,ल गरेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपाली प्रतिनिधि भनिने विजयप्रकाश मिश्रले यो प्र,करणमा मुख्य दो,षी को को हुन भनेरसमेत खु,लासा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि सरकारले गठन गरेको तीन सदस्यीय कार्यदल जसमा तीन जना मन्त्री र तीन जना सचिव रहेको बताउँदै उनले कार्यदलका सदस्यहरुले समेत यसबारेमा छिटो फाईल अघि बढाउन नि,र्देशन दिएको मिश्रले खु,लासा गरे । उनकाअनुसार नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीपनि यो प्र,करणमा संलग्न छन् । उनले समेत छिटो फाईल ल्याउन नि,र्देशन दिएको मिश्रले खुलासा गरे ।

यो प्र,करणमा आफ्नो विजय प्राप्त भएको उनले दा,बी गरे । उनले भने,‘यहाँ ७० करोडको मात्रै भ्र,ष्टाचारको कुरा थिएन, करिब ५ अर्ब भ्र,ष्टाचार हुनबाट मैले देशलाई जोगाएको छु । यो प्र,करणमा अख्तियारले छानबिन गर्नुपर्छ ।’

अडियो बा,हिरिएपछि गोकुलप्रसाद बाँस्कोटाले रा,जीनामा दिएको विषयलाई उनले नैतिक सा,हस देखाएको चि,त्रण गरे । उनले भने,‘म प्रशंसा गर्छु । तर, यो प्र,करणमा प्रधानमन्त्रीमाथि पनि छा,नबिन हुनुपर्छ भन्ने मेरो माग छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।