प्रदेश नं १ ज नस्वास्थ्य वि धेयकमाथि छ लफल सुरु

विराटनगर । प्रदेशसभाको मंगलबार बसेको बैठकमा ‘प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरे सो विधेयक सदनमा पेश गरेका थिए । मन्त्री घिमिरेले प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम प्रदेश नं १ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ पनि सदनमा पेश गरेका हुन् । उनले प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयकमाथिको दफारवार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भनि गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

मन्त्री घिमिरेले प्रदेश नं १ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा सदनलाई जानकारी दिँदै यो विधेयकले बालबालिकाउपर हुने सबै प्रकारको दुर्घटना वा सडक दुर्घटना तथा जोखिम न्यूनीकरण गर्न मद्दत गर्ने बताए । उनले बालबालिकामा हुने कुपोषणलाई उचित व्यवस्थापन गरी पोषिलो खाना खुवाउने, विद्यालय पोषण कार्यक्रम व्यवस्थापन गर्ने र अभिभावक शिक्षा संवाद कार्यक्रम गर्ने विधेयकमा व्यवस्था भएको भन्दै बालबालिकाको पालनपोषण, स्वास्थ्य, शिक्षा र हेरचाहमा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रष्ट पारे ।

‘प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य अम्बिका थापाले छ परिच्छेद र ४४ दफा रहेको यो विधेकयमा व्यवस्था भएबमोजिम कार्यान्वयन भएमा प्रदेशका जनता निकै लाभान्वित हुने बताए ।

प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामाले पहाडी क्षेत्रका जनतालाई उचित स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल, चिकित्सक र औषधि पसलको प्रबन्ध गर्न विधेयकमा व्यवस्था हुनुपर्ने बोले । प्रदेशसभा सदस्य राजकुमार ओझाले आधारभूत तहका जनतालाई स्वास्थ्यमा पहुँच पुर्‍याउन विधेयकले सहयोग गर्ने टिप्पणी गरे । अर्का सदस्य विमल कार्कीले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य प्रदान गर्न विधेयकमा अझ केही विषय समावेश हुनु पर्नेमा जोड दिए ।

राहत र उपचार माग

विशेष समयमा प्रदेशसभा सदस्य लिलम बस्नेतले गत फागुन ७ गते तीर्थयात्रामा रहेका सुनसरी इटहरी उपमहानगरपालिका क्षेत्र आठ जना दुर्घटनाका कारण मृत्यु भएका परिवारलाई प्रदेश सरकारले उचित राहत दिनुपर्ने माग गरे । उनले भारतको बैँगलोरमा भएको सवारी दुर्घटनामा घाइतेलाई उपचारको उचित व्यवस्था हुनुपर्ने माग गर्दै मृतकलाई नेपाल ल्याउन मद्दत गर्ने सबैलाई धन्यवाद दिए ।

भेटी व्यवस्थापन माग

प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे मोरङको उत्तरी क्षेत्र केराबारीमा केही दिन भएको विष्फोटन तथा आगजनीका कारण गाउँपालिका भवन ध्वस्त भएको र टेलिफोनको टावर जलेर सञ्चार विच्छेद भएकाले यो सेवा तत्काल आरम्भ हुनुपर्ने माग गरे । सदस्य उमिता विश्वकर्माले प्रदेश नं १ मा धार्मिक मठ एवं मन्दिरमा चढाइने भेटीलाई पुजारीको सम्पत्ति हुन नदिन व्यवस्थित गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य ज्योति सुब्बाले भारतको बैँगलोरमा नेपाली तीर्थयात्री बोकेको सवारीसाधन दुर्घटना हुँदा मृतक परिवारलाई उचित क्षतिपूर्तिका लागि माग गरिन् । अर्का सदस्य राधा थापाले विकास निर्माणका लागि विनियोजित बजेटका योजना समयमै सञ्चालन हुनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले प्रधानमन्त्रीको विषयमा अनेक टीकाटिप्पणी जनताबाट शुरु भएकाले राजीनामा दिनुपर्ने माग गरे । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । – रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।