हतुवागढी ६ का २८ वर्षिय राईलाई यसरी खोलाले ब गाएपछि
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृ त्यु भएको छ ।
मंगलबार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृ त फेला परेको हो ।
ससुरालीबाट फर्किएका राई बेलुका सम्म पनी घर नआएपछी स्थानीयबासीको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान मृ त अवस्थामा फेला पारेको हो । घटनाबारे जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।-न्यूजलयबाट


