देश ब नाउन हिँ डेको हो, धन क माउने भए व्या पार गर्थें : प्रधानमन्त्री ओली

काठमाडौ, फागुन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्र’करण न’क्कली भएको बताउनु भएको छ । बिहीबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलामा बोल्नुहुँदै उहाँले टेप प्र’करणमा मन्त्रीको नाम आएकाले मात्र नैतिकताका आधारमा राजीनामा दिनु भएको स्पष्ट पार्नु भएको हो ।

कतै पनि उ’जुरी र मु’द्दा नलागे पनि विना प्रमाण पूर्वमन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनु हँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘उहाँको नामसँगै मेरो विषय पनि आएको छ, कँही कतै उजुरी परे त्यो मात्र पत्रु उ’जुरी हुने हुनेछ।’’ प्रधानमन्त्री ओलीले पार्टी लाई ब’द्नाम गर्ने र नेतृत्वको च’रित्र ह’त्या गर्ने काम भइरहेको बताउँदै पार्टी, नेता र सरकारलाई ब’दनाम गर्ने काम शुरू भएको बताउनु भयो ।

नेकपाका अध्यक्ष पनि रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारमा काेही पनि भ्रष्ट नभएको स्पष्ट पार्नुहुँदै कोही कतै दो’षी ठहरिए का’र्वाही गर्ने बताउनु भयो। ‘म होल टाइमर भएर काम गरेको ५२ वर्ष भयो, प’ञ्चायत शासनको बेला जेलमा हुँदा एउटा कागजमा सही गरेको भए त्यतिबेलै मन्त्री बनिन्थ्यो, हत्कडी लगाएर बिरामी भएर कागजमा सही नगरेको धन कमाउन हो ?’

उहाँले विगतमा कसैसँग नझुकेको स्मरण गर्नुहुँदै भन्नु भयो, ‘मन्त्री बन्न र धन क’माउनको लागि राज’नीति गरेको नभएर आफू देश बनाउन हिँडेको हो, धन क’माउने भए व्यापार गर्थें ।’ उहाँले पहिलो पटक प्रधान मन्त्री भएको बेला विदेशी शक्तिसँग सम्झौता नगरेर राष्ट्रवादी भएर जनताको लोकप्रिय भएको बताउँदै भन्नुभयो, ‘अहिले दुई तिहाईको सरकारले देश बनाउन सकेनौं भने कस्ले बनाउँछ ?’

सोही कार्यक्रममा पूर्वप्रधान मन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी पास हुनसक्ने बताउनु भयो । उहाँले अमेरिकी सैन्य गठबन्धनसँग एमसीसीसँग सम्बन्धित हो कि भन्ने आशंका पार्टीको केन्द्रीय समितिको बैठक मा उठेकाले एक कार्यदल गठन गरी अध्ययन भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा करिब २५ सय कार्यकर्ताहरुले भाग लिएको आयोजकले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।