सुदुरपश्चिमका कामदार पूर्वमा रमाउँदै

धनकुटा खबर । बडाखोली सुर्खेतका ५३ बर्षिय खीमबहादुर बोहरा चार बर्ष देखि मध्यपहाडि राजमार्गको हिले–लेगुवा खण्ड निर्माणमा खटिएका छन् त्यस्तै कैलालीका धनबहादुर शाही पनि रोजगारीको लागि पूर्वि नेपाल आएका छन् यसरी कामको खोजीमा मध्य र सुदुर पश्चिमकाबाट आउने बोहोरा र शाहित प्रतिनिधी पात्र मात्र हुन् ।

असु,रक्षित र सस्तो ज्यालादारिका लागि भारत सहित खाडी मुलुकमा बर्षौं बिताएका मध्य र सुदुर पश्चिमका श्रमिक कामको खोजिमा हिजोआज प्रदेश नम्वर एकका पहाडि जिल्लासम्म आउन थालेका हुन् ।

यहाँ संचालित हरेक जसो पूर्वाधार निर्माण परियोजनामा सुर्खेत, सल्यान र कैलाली लगायत जिल्लाका श्रमिकको बाहुल्यता पाइन्छ । स्वदेशमै पाएको रोजगारिले उनिहरुलाई प्रवासमोह समेत भुलाउँदै गएको खीमबहादुर बोहरा बताउँछन् ।

बोहरा चार बर्ष देखि मध्यपहाडि राजमार्गको हिले–लेगुवा खण्ड निर्माणमा खटिएका छन् । यो कामका लागि उनले दैनिक एक हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । तीस बर्ष भारतमा ज्यालामजदुरि गरेर फर्केका उनि स्वदेशमै पाएको रोजगारिमा आफु लाई सन्तोष लागेको बताउँछन् । उनले भने ‘ लामो समय सम्म अर्कोको देशमा गएर श्रम पसिना बेचियो अब उमेर समेत ढ,ल्कदै गएकोले पश्चिमको मान्छे पूर्वमा आएर काम गरीरेहको छु ʼ भारत र मलेसियाको रोजगारिबाट फर्केका सल्यानका कालीबहादुर ओली र कैलालीका धनबहादुर शाही पनि स्वदेशमै पाएको रोजगारिमा रमाएका छन् ।

धनबहादुरले भने ‘ बिदेशमा कति अर्काको क,रकर सहेर काम गर्ने भन्ने लाग्थो यहाँ त जे भए पनि आफ्नो देश हो काम गर्न लगाउने पनि आफ्नै दाजु भाई छन् सबैको माया छ ’। बोहरा, ओली र शाही जस्तै केन्द्र, प्रदेश र विकास साझेदार दातृनिकायले संचालन गरेका हरेकजसो निर्माण परियोजनामा बैदेशिक रोजगारबाट फर्केका कर्णाली र सुदुर पश्चिमका यूवाको संख्या उल्लेख्य पाइन्छ ।

निर्माण ब्यबशायीले पनि विकास परियोजनाका काममा कर्णाली र सुदुरपश्चिमकै कामदार रुचाउने गरेका छन् । स्थानिय कामदारले मन लगाएर काम नगर्ने समयमा ध्यान नदिने भएकोले समेत पछिलो समय कर्णाली र सुदुरपश्चिमकै निर्माण ब्यबशायीहरुको रोजाईमा परेको निर्माण व्यावसायी धनकुटाका अध्यक्ष अर्जुन केसी बताउँछन् ।

मध्यपहाडि राजमार्गको हिले–लेगुवा, बेलहरा–छिंडि आयोजनामा मात्रै मध्य र सुदुरपश्चिमका तीनसय बढि कामदार छन् । स्वदेशमै उपलब्ध रोजगारिमा अडिन चाहने श्रमिकको संख्या बढ्दै गएका बेला उनिहरुको पेशागत सुरक्षा तथा तोकिएको पारिश्रमिक समयमै उपलब्ध गराइनु आवश्यक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖