प्रदेश १ बाट एसईईमा ८४ हजार १ सय ६ जना परिक्षार्थी सहभागि हुने
धनकुटा खबर । चैत्र ६ गतेदेखि संचालन हुने एसइई परिक्षामा यस बर्ष प्रदेश नम्वर एकका १४ जिल्लाबाट कुल ८४ हजार १ सय ६ जना परिक्षार्थी एसइई परिक्षामा सहभागी हुने भएका छन् ।
एसइई परिक्षा संचालनका लागि आजै ४ गते बाट प्रदेश नम्वर एकका १४ वटै जिल्लामा सु,रक्षाकर्मि सहित केन्द्राध्यक्षहरु ख,टिएका छन् । आज बेलुका सम्म १४ वटै जिल्लाका निर्धारित ३ सय ७५ केन्द्रमा केन्द्राध्यक्ष र सु,रक्षाकर्मिको टोलि प्रश्नपत्र लिएर पुगिसक्ने प्रदेशनम्वर एकको शिक्षा विकास निर्देशनालय धनकुटाका उपसचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रदेश नम्वर एकमा एसइई परिक्षा संचालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक , परिक्षा सहायक र सहयोगी गरि ७ हजार ७ सय १४ जना कर्मचारि परिचालन गरिएको पोख्रेलले बताउनु भयो ।


