१५ दिन यता विदेशबाट आएका सबैलाई क्वारेन्टाईनमा बस्न धनकुटा नगर १ को अनुरोध (विज्ञप्ति सहित)

धनकुटा खबर । धनकुटा नगरपालिका १ नं वडा कार्यलयले विगत १५ दिन यता अन्य देशवाट नेपाल फर्किएका व्यक्तिहरुलाई केही समय घरमै क्वारेन्टाईनमा वसिदिन अनुरोध गरेको छ ।

वडाले आज प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो अनुरोध गरेको हो । १ नं वडामा १५ दिन यता ९ जना व्यक्ति विभिन्न देशवाट फर्किएको पाईएको र उनिहरुलाई घर मै क्वारेन्टाईनमा वस्न भनिएको धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “देश नै संकटमा परेको वेला हामी वडावासिले पनि राज्यले चालेको कोभिड-१९ विरुद्धको अभियानमा साथ र सहयोग गर्नु हाम्रो पनि दायित्व हो । ईटलीवाट पाठ सिकेर आफु,परिवार,समाज र देशलाई जोगाउनु हामी सवैको कर्तव्य हो ।

त्यसैले १५ दिन यता वैदेशिक रोजगारिवाट फर्किएका ९ जना वडावासीले घरमा क्वारेन्टाईनमा वसी सहयोग गरिदिनुहुन र आफ्नो स्वास्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्था,प्रहरी प्रशासन र वडा कार्यलयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । ती ९ जनाको विवरण संकलन गरि सम्वन्धित निकायमा पठाईसकिएको र उनिहरुलाई वडा स्तरिय कोभिड-१९ सम्वन्धि पूर्व तयारी तथा प्रतिकार्य समितिले विशेष निगरानिमा राखेको पनि विज्ञप्तिमा उल्लेख छ ।

वडाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ नियन्त्रिण तथा वडावासी सम्पूर्णलाई सूरक्षित राख्न र दैनिक जीवन यापनलाई सहज वनाउन १३ सदस्यीय वडा स्तरिय कोरोना भाईरस कोभिड-१९ सम्वन्धि पूर्व तयारी तथा प्रतिकार्य समिति समेत गठन गरेको छ । कोरोना भाईरसवारे केही समस्या आए यो समितिलाई जानकारी गराउन विज्ञप्ति मार्फत नै अनुरोध गरिएको छ ।

साथै सरकारले घोषणा गरेको लकडाउनको समयमा यस वडामा पनि साथ सहयोग दिने सवैलाई धन्यवाद दिदै वडा कार्यलयले आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।