धनकुटामा दैनिक उपभोग्य सामाग्री थप सहज रुपमा उपलव्ध गराईने
धनकुटा खबर । कोरोना भाईस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लक डाउनको वेला सर्वसाधारणलाई धनकुटामा दैनिक उपभोग्य सामाग्री थप सहज रुपमा उपलव्ध गराउने विषयमा आज छलफल भएको छ । उद्योग वाणिज्य संघ धनकुटा र जिल्ला प्रशासन कार्यलय धनकुटा वीच भएको छलफलमा खाद्यान्न आपूर्ति व्यवस्थित गर्दै सहज रुपमा विक्रि वितरण तथा उपभोक्ताहरुलाई उपलब्ध गराउने सम्वद्ध पक्षले वताएकाछन् ।
दैनिक उपभोग्य समाग्रीहरु आर्यात गर्नका लागि ढुवानी कार्यलाई व्यस्थित गर्ने, खाद्यान्न सामाग्री बोकेका सावारी साधनहरुलाई निर्वाध रुपमा सञ्चालन गर्न दिने र किराना, औषधी लगायतका दैनिक उपभोग्य समाग्रीहरुका पसल खुल्ला गरी विक्रि वितरण गर्न सवैले सहयोग गर्दै आपूर्ति व्यवस्थापनलाई अझ सहज बनाउने वताईएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्ग लगायतका पदाधिकारीहरुले जिल्लामा खाद्यान्न आपूर्ति व्यवस्था लगायत विद्मामान अवस्थामा खाद्यान्न तथा दैनिक उपभोग्य समाग्रीहरुको अवस्थाको वारेमा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमली र सूचना अधिकारी जयराम श्रेष्ठलाई जानकारी गराएका थिए ।
संघका पदाधिकारीले अतिअावश्यक समाग्रीहरु सहज रुपमा ढुवानी गर्न र विक्रि वितरणका लागि सहयोग गर्न समेत आग्रह गरेका थिए । छलफलको क्रममा स्थानिय प्रशासनले दैनिक उपभोग्य समाग्री तरकारी,दुध लगायत अति आवाश्यक वस्तु बोकेका मालवहाक सवारी साधनहरुलाई निर्वाध रुपमा आवात जावत गर्न दिने व्यवस्था गरिएको जनाएकाे छ ।


