पाख्रीवास-४ वडाका पदाधिकारीको एक महिनाको तलव मजदुरलाई
धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडा समितिका पदाधिकारीहरुले एक महिनाको तलव दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई राहत स्वरुप वितरण गर्ने भएकाछन् ।
आज वसेको समितिको वैठकले कोरोना भाईरसको सं,क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको वेला दैनिक ज्यालादारी काम गर्ने मजदुरहरुको समस्यालाई मध्यनजर गर्दै दैनिक उपभोग्य सामान उपलव्ध गराउन आफुहरुको एक महिनाको पारिश्रमिक भत्ता विपद व्यवस्थापन कोषमा जम्मा गरि सोही कोष मार्फत खर्च हुनेगरि तत्काल राहत उपलव्ध गराउने निर्णय गरेको हो ।

पाख्रीवास वजार विभिन्न छिमेकी जिल्ला आवतजावत गर्ने नाका भएकोले यही चैत २३ गते भित्र कि,टनाषक औषधि छर्किने व्यवस्था मिलाईएको र जसका लागि आवश्यक आर्थिक तथा भौतिक सामाग्री पाख्रीवास नगरपालिकामा माग गर्ने एवम् पाख्रीवास नाका हुदै विभिन्न स्थानमा आवत जावत गर्ने महानुभावहरुलाई एक एक वटा मास्क वितरण गर्ने समेत निर्णय भएको ४ नं वडाध्यक्ष सोवित निरौलाले वताउनुभयो ।
वैठकमा ४ नं वडाध्यक्ष निरौला सहित सदस्य अर्जुन गुरुङ, महिला सदस्य कृष्ण माया खड्का, दलित महिला सदस्य शान्ति परियार, सदस्य सचिव सञ्जय राई, कार्यलय सहयोगी सिता काफ्ले र जिल्ला समन्वय समितिका सदस्य डागम कुमार राईको उपस्थिती थियो ।


