कोरोनाको स,ङक्रमण बढेसँगै साउदीमा क,र्फ्युको समय ल,म्बियो
काठमाण्डौ । साउदीमा कोरोनाको स,ङक्रमण बढेपछि रो,कथामका लागि लगाइएको कर्फ्युको समय लम्बिएको छ । मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे र दम्माम, ताइफ र कतिफमा दिउँसो तीन बजेदेखि नै कर्फ्यु लाग्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यी क्षेत्रमा साउदी सरकारले स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्कन आग्रह गरेको छ ।
यस्तै साउदीको रियाद क्षेत्रमा पनि दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लाग्ने भएकाले साउदीमा हुने सबै नेपालीलाई सरकारले लागू गरेका नियम पूर्ण रुपमा पालना गर्न दूतावासले अनुरोध गरेको छ ।
यो समाचार तयार पार्दा सम्म साउदीमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या १८८५ पुगेको छ । कुल सं,क्रमितहरु मध्ये हालसम्म ३२८ जना निको भएका छन् । मृ,त्युहुनेको संख्या २१ पुगेको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा सं,क्रमण छैन ।
यस्तो छ नेपाली राज दुतावासको सूचनाः

साउदी अरबको दम्माम, ताइफ र कतिफ (Dammam, Taif and Qatif) क्षेत्रमा कर्फ्यूको समय लम्ब्याइएको सम्बन्धी जरूरी सूचना ।
कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले आज मिति २०७६।१२।२१ (अप्रिल ३, २०२०) शुक्रबारबाट लागू हुने गरी पूर्वीक्षेत्रका दम्माम, ताइफ र कतिफ (Dammam, Taif and Qatif) क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि दिनको ३ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । तसर्थ सो क्षेत्रमा रहनुहुने नेपालीहरुले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नुहुन अनुरोध छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ । नेपाली राजदूतावास, रियाद । २०७६।१२।२१

