विराटनगरमा बन्यो ५० श,य्याको कोरोना विशेष अस्पताल (भिडियो सहित)

विराटनगर। प्रदेश १ मा कोरोना विशेष अस्पताल स्थापना गरिएको छ। प्रदेश सरकारले विराटनगरमा रहेको नेसनल ट्रेडिङको पूरानो भवनलाई कोशी अस्पतालअन्तर्गत रहने गरी कोरोना विशेष अस्पतालको रूपमा विकास गरेको हो।

१० बेडको भेन्टीलेटरसहित हाल अस्पतालमा ५० बेड छन्। बिरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुख डा. संगिता मिश्रले बताइन्।

अस्पताललाई दीर्घकालीन रूपमै सञ्चालन गर्नेगरी पूर्वाधार तयार पारिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। मन्त्रिपरिषद्को ९ चैतमा बसेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। आज अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री शेरधन राईले कोभिड-१९ विरु,द्ध लड्न प्रदेश सरकार पूर्ण तयारीमा रहेको बताए।

“अहिलेसम्म प्रदेशमा कसैलाई यसको सं,क्रमण नदेखिए पनि हामी उच्च जोखिममा छौँ। त्यसैले सा,वधानी र स,र्तकता अपनाउन सबैमा मेरो विशेष आग्रह छ”, उनले भने।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖