कोरियाबाट आएका चितवनका एक व्यक्तिको रयापिड टेस्ट पोजेटिभ देखियो

केदार शर्मा, चितवन, ३ वैशाख । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

आज रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा आरडीटी प्रविधिमार्फत गरिएको परीक्षणमा एक व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको हो ।

अस्पताल श्रोतका अनुसार बिदेशबाट आएका ३९ ब्यक्तिहरुको आरडीटी प्रविधिमार्फत परीक्षण गरिएको थियो । अस्पताल प्रशासनले एकजनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्न भरतपुर पु¥याएको छ ।

उनको रिपोर्ट आज साँझ सम्ममा आईपुग्ने छ । गुञ्जमान सिंह अस्पतालले उक्त युवासँगै अन्य ४ जनाको स्वाब समेत भरतपुर पठाइएको छ । अब रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।

उनी फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उक्त युवा कोरियाबाट आईसकेपछि १५ दिन होम क्वारेनटाईनमा बसेको बताईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖