चितवनमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिनेको संख्या ४ पुग्यो
काठमाडौं । चितवनमा ४ जनाको र्यापिड डाईग्नोस्टिग टेष्ट (आरडीटी) परिक्षणमा पोजेटिभ देखिएको छ ।
बुधबार रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको आरडीटी परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
४ जनाकै अन्तिम नतिजा बाट मात्रै कोरोना भएको नभएको पुष्टी हुने हुनाले पीसीआरबाट परीक्षण गर्न सबैको स्वाब केन्द्रिय प्रयोगशाला पठाइने जनाइएको छ । आरडीटी परिक्षणमा पोजिटिभ देखिएका ४ जना रत्ननगर नगरपालिककै भएको बताइएको छ ।


