नेपालमा कोरोना सं,क्रमितको संख्या ३० पुग्यो

काठमाडौं, ५ बैशाख । सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस सं,क्रमित फेला परेको पुष्टि गरेको छ । ‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

‘स्वास्थ्य मन्त्रालयको कोभिड १९ वेव पेजमा पनि यो सूचना तपाईहरुले केही बेरमा पाउनु हुने छ नै’ ति अधिकारीको भनाइ थियो‘ थपिनेमा केही भारतीय नागरिक पनि छन् ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा आमा छोरामा कोरोना भाइरस सं,क्रमणको पुष्टि भएको हो ।

चितवनको राप्ती नगरपालिकाका आमा छोरामा आज विहान गरिएको ¥यापिड टेष्टमा सं,क्रमणको पुष्टि भएपछि आज साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर टेष्ट पोजिटिभ पाइएको हो ।

यस्तै उदयपुरको भुल्केस्थित मस्जिदका १२ जनामा गत मंगलबार गरिएको परीक्षण पोजिटिभ पाइएपछि आज विराटनगर हुँदै पुनः काठमाडौंमा गरिएको परीक्षणबाट पनि पुष्टि भएको हो । योसंगै नेपालमा अब कोरोना सं,क्रमितको संख्या ३० पुगेको छ । जसमा एक जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖