नेपालमा आज एकैदिन ११ जनामा काेराेना स,ङ्क्रमण पुष्टि – स,ङ्क्रमितकाे सङ्ख्या ४२ पुग्याे
काठमाडौं, बैशाख ९ । कोरोना सं,क्रमितको सख्या ४२ पुगेको छ । मंगलबार उदयपुरका ८ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी केन्द्रीय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ ।
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जनाका कोरोना पोजेटिभ र काठमाडौंको परिक्षणमा ३ जना नयाँ स,क्रमित फेला परेको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले जानकारी दिनुभयो । योसँगै सं,क्रमितको संख्या ४२ पुगेको छ ।
साथै आजै एक जना कोरोनामुक्त भएर अस्पतालबाट डि,स्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय कोरोना सं,क्रमित युवक स्वस्थ भएर घर फर्किएका छन्। दुबईबाट फर्केका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डि,स्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए।



