तोलामा १५ सय रुपैयाँले घ,ट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ ।

बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १५ सयले गिरावट आउँदै ७५ हजार रुपैँयामा कारोबार भएको हो ।

तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।