झापामा भारतले अ तिक्रमण गर्‍यो २० बिघा जग्गा

झापा, ०४ जेठ । झापा गाउँपालिका–१ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अ तिक्रमण गरेको छ। भारतीय सी मा सु रक्षा बल (ए सएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घु सेर नेपाली भूमि क ब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय ए सएसबीले सो जग्गामा नेपालीलाई भो गचलन गर्न न दिएको बताउनुभयो ।

त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए। भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नम्बर सीमास्तम्भ मा ओवादी द्व न्द्वका बेला ह राएको थियो। सी मास्तम्भ हरा एपछि भारतीय ए सएसबीले नेपालीलाई सी मास्तम्भ उ खेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो।

‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय ए सएसबीले स्यालमाराको २० बिघा नेपाली भूमि क ब्जा गरेको छ,’ गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो, ‘आफ्नो जग्गा खनजोत गर्न जाँदा ह तियार देखाएर अ वरोध पुर्याइने गरेको छ।’ उहाँका अनुसार अ तिक्रमित भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो जग्गाको धनीपूर्जा नेपालीहरुसँगै छ भने सोको मालपोत जग्गाधनीहरुले तिरिरहेका छन्।

भारतीय सु रक्षाकर्मीले उक्त जग्गामा स्थानीय जग्गाधनीलाई भोगचलन गर्न नि षेध गरेको छ। को रोना भा इरस स ङ्क्रमण रो कथाम, उ पचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सी मावर्ती स्थानका सु रक्षा चौकीहरुको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अ तिक्रमणबारे उल्लेख छ।

सङ्घीय सांसद्, प्रदेश सांसद, पालिकाका प्रमुख, सु रक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा समितिले यही वैशाख १९, २२ र २३ गते भारतसँग सीमा जोडिएको झापाको उत्तरी मेचीनगरको पाटापुरदेखि दक्षिणी गौरीगञ्जसम्मको १४४ दशमलव दुई किलोमिटर लामो सीमाक्षेत्रको स्थलगत अनुगमन गरेको थियो। अनुगमनको प्रतिवेदन शनिबारको बैठकले पारित गरेको छ।

अनुगमन प्रतिवेदनमा झापा गाउँपालिकाको वडा नम्बर १ स्यालमारा भन्ने सीमा क्षेत्रमा भारतद्वारा नेपाली भूमि अ तिक्रमण गरिएको पाइएको हुँदा सो भूमि फि र्ता गराइनुपर्ने उल्लेख गरिएको छ। अनुगमन समितिले प्रतिवेदनमा सीमा क्षेत्रमा खटिएका सु रक्षाकर्मीका लागि वर्षायाम शुरु भएको हुँदा तत्काल रेनकोट, गमबुटको व्यवस्था गर्नुपर्ने, अस्थायी चौकीहरुलाई हावापानीबाट सु रक्षित हुने गरी स्थायी संरचनामा बदल्नुपर्ने, चौकीसम्म पुग्ने बाटो निर्माण गरिनुपर्ने, वाटरसिल शौचालय निर्माण गरिनुपर्ने, स शस्त्र प्र हरी गणलाई नयाँ सवारी साधन उपलब्ध गराइनुपर्ने, स शस्त्र प्र हरीको बिओपीमा चारचक्के सवारी साधन उपलब्ध गराइनुपर्नेलगायतको सुझाव दिइएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो। उहाँका अनुसार प्रतिवेदनमा सीमा क्षेत्रमा दीर्घकालीनरूपमा सुरक्षा चौकी राखेर स्थायी संरचना निर्माण गर्न, जनशक्तिको थप व्यवस्थापन गर्न, सीमा क्षेत्र केन्द्रित मोबाइल टावरहरु विस्तार गर्न, एक चौकीबाट अर्को चौकीसम्म निगरानी गर्न सिसी क्यामेरा जडान गर्न र मेचीपारीको नेपाली बस्तीसम्म पुग्न पुलको व्यवस्था गर्न सुझाव दिइएको छ। –रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।