लो,कसेवा आ,योगद्वारा प,रीक्षा न,भएका सबै वि,ज्ञापनका परीक्षा स्थ,गित
काठमाडौं,जेठ ६ । लोकसेवा आयोगले कुनै पनि प,रीक्षा सञ्चालन नभएका सबै वि,ज्ञापनका प,रीक्षा स्थ,गन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले को,रोना भा,इरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको प,रीक्षा कार्यक्रम सञ्चालन नभएका वि,ज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि प,रीक्षा कार्यक्रम स्थ,गन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।
आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ । यसैगरी आयोगले कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षा÷लिखित परीक्षा÷प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिकरूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने निर्णय गरेको सहायक प्रवक्ता सुदेवीले जानकारी दिए ।
यसअघि सरकारले को,रोना भा,इरसका कारण गत वैशाख १४ गते सिर्जना भएको स्वा,स्थ्य–सु,रक्षा सं,वेदनशीलतालाई दृष्टिगत गर्दै आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्तालगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तथा विज्ञापनसमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थ,गन गर्न अयोगलाई अनुरोध गरेअनुसार आयोगले स्थ,गन गरेको थियो ।
उनका अनुसार आयोगको स्वीकृत वार्षिक कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थ,गन गरेको छ । आयोगले गत फागुन २८ गते प्रकाशित राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरह पदका लागि भएका विभिन्न विज्ञापनमा दरखास्त लिने कार्य यही जेठ ९ गते शुक्रबारदेखि ब,न्द गर्ने निर्णय गरेको छ ।
दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँ,की उम्मेदवारका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने उनले जानकारी दिए । रासस


