घरभाडा छुट गर्ने हिले बजारका घरधनीलाई सम्मान गरियो
धनकुटा खबर, असार १ । धनकुटाको मुख्य व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई सम्मान गरिएको छ । कोरोना भाईरस नियन्त्रण गर्न सकारले आह्वान गरेको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै सं,कटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गरी आपतमा महत्वपूर्ण सहयोग गरेको भन्दै धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा गर्ने ४७ घरधनीहरुलाई दोसल्ला र खादा ओढाएर टिका लगाएर सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा हिले बजारका कृष्णराज जोशी,लक्ष्मी जोशी,धन वहादुर मोक्तान, बिष्णु मोक्तान,जंग क्षेत्री, छेकु तामाङ्ग,दिपेन्द्र काकी,होम वहादुर गोङ्देन,किरण कुमार शाक्य,बाल कुमार समाल,केशर वहादुर थापा, सोम राना, राम वहादुर बमजन,सुवेश योञ्जन,विर वहादुर बयलकोटी,रुकमान तामाङ्ग,जयन्ती बम्जन, बाल कुमार समाल,देवेन्द्र विक,रविन्द्र कुमार तामाङ्ग, बल वहादुर दर्नाल,सुमित्रा बरुवाल,यादव तिरुवा,मान वहादुर बरदेवा, शोभा योञ्जन ,रविन्द्र योजञ्जन लगायत रहेका संघका कार्यकारी सदस्य डिजेश शाक्यले वताउनु भयो ।

उनिहरुलाई संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष खगेन्द्र विष्ट,महासचिव राम वहादुर गोङ्वा ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,राम घिसिङ तामाङ्ग,हिले बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तितुङ्ग तामाङ्ग लगायतले दोसल्ला तथा खादा ओढाए सम्मान गरेका थिए । त्यसैगरी संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग, अमित लो, केशव कुमार श्रेष्ठ, थाम वहादुर लिम्बु, इश्वर घिमिरे सहित थप ६२ जनाले घर भाडा छुट गर्ने घोषाण गरी व्यापारीहरुको दु खमा साथ दिनु भएकोमा उहाहरुलाई पनि सम्मान गरिने संघका अध्यक्ष राईले वताउनु भयो ।
उहाँले जिल्लाको अन्य बजार क्षेत्रका घर धनीहरुलाई घर भाडा मिनाहा गरी संकटमा साथ दिई व्यापारीहरुलाई दुखको सामना गर्न सहयोग गरिदिन पून आग्रह गर्दै घर भाडा मिनाहा गरी सहयोग गर्नु हुनेहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।


