ब्याज मिनाहा गरि किस्ता बुझाउने म्याद ५ महिना पर सार्न माग गर्दै पुन:ध्यानार्कषण पत्र
धनकुटा,२४ असार । ऋ’णको ब्याज मिनाहा गरी किस्ता बुझाउने म्याद ५ महिना पर सार्न माग गर्दै धनकुटा उद्योग बाणिज्य संघले प्रधानमन्त्री र सरोकारवाला निकायहरुलाई आज पून:ध्यानार्कषण पत्र पठाएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले ऋ’णीहरुलाई बारम्वार किस्ता वुझाउन निरन्तर ताकेता गरेको भन्दै संघले धनकुटाका प्रमुख जिल्ला अधिकार केशव प्रसाद विमली मार्फत ध्यानाकर्षण पत्र पठाएको हो ।
उद्योगी,व्यापारी तथा व्यावसायीहरु किस्ता बुझाउन नसकेर आ त्मा ह त्या गर्न थालेको भन्दै संघले लक डाउन अवधिभरको ऋ’णको ब्याज मिनाहा गर्न र किस्ता वुझाउने म्याद लक डाउन समाप्त भएको ५ महिना पछि सर्ने व्यवस्था गरीदिन माग गर्दै प्रधान मन्त्री केपी शर्मा ओली, अर्थ मन्त्री र गर्भनरको ध्यार्कषण गराउँदै प्रमुख जिल्ला अधिकारी विमली मार्फत ध्यानाकर्षण पत्र पठाएको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लक डाउनको कारण उद्योग,व्यापार तथा व्यावासय पूर्ण रुपमा धारासायी भई चरम आर्थिक संकट भएकोले उद्योग,व्यापार तथा व्यावसाय पून सञ्चालन गर्न व्यावसायीहरुलाई आकस्मिक कर्जा,पून:कर्जा र सहुलियत कर्जा तत्काल उपलब्ध गराउन समेत माग गरिएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुका दवावका कारण ऋ’णको किस्ता बुझाउन नसक्दा दैनिक जसो उद्योगी व्यावसायीहरु आ त्मा ह त्या गर्ने क्रम जारी भएकोले मानविय ढंगले पनि किस्ता बुझाउन म्याद पाच महिना सम्म सारीदिन र लक डाउनको अवधिभरको व्याज मिनाहा गरी दिन जोडदार आग्रह गरिएको छ । यदी माग पुरा नभए आन्दोलन गर्न बाध्य हुने ध्यानर्कषण पत्रमा उल्लेख छ ।
यसअघि संघले सवै बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुलाई म्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद सार्न माग गर्दै ध्यानार्कषण पत्र पठाएको थियो । ध्यानार्कषण पत्र पेश गर्न संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव तामाङ्ग, सचिव श्रीराम रायमाझी,कार्यकारी सदस्य उज्वल कर्माचार्य लगायतको टोली जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेको थियो ।



