मेलिना राई र सुरजको सुमधुर आवाज ‘छन् छन् चुरा’ मा सुधीर र रियासाको उत्कृष्ट अभिनय – हेर्नुहोस् भिडियो
काठमाडौँ। निर्देशक प्रिस्पन कार्कीको नयाँ तिज गीत ‘छन् छन् चुरा’को भिडियो सार्वजनिक भएको छ।
गायिका मेलिना राइ र गायक सुरज श्रेष्ठको सुमधुर आवाज मा रहेको ‘छन् छन् चुरा’ बोलको गित सोमबार युट्युबमा सार्वजनिक भएको हो। उक्त गितमा शंखर लामिछानेले शब्द संगीत दिएका छन्। गितको भिडियोमा मोडल रियासा दाहाल र सुधिर श्रेष्ठको धमाकेदार अभिनय देख्न सकिने छ।
यस गीतलाई बुद्ध स्याङ्गबाले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन नरेश अयेरले गरेका हुन्। त्यसैगरी यस गितको भिडियोमा नविन निरौलाले सम्पादन तथा रंग भरेका छन्।


