दक्षिणबाट उत्तर बग्ने धनकुटास्थित खोलामा ‘उत्तरगंगा स्नान स्थल’ स्थापना गरियो

धनकुटा खबर । धनकुटाको मुलघा,ट स्थित दक्षिणबाट उत्तर बग्ने लेउती खोला किनारमा उत्तरगंगा धार्मिक स्नान स्थानको स्थापना गरिएको छ । लेउती जलधार प्रकृति प्रवद्धन समितिले सोमबार एक कार्यक्रम गरी प्रदेश सभासद निरन राईबाट स्नान स्थलको उद्घाटन गराएका हुन् ।

प्रदेश सरकारको रु १० लाख अनुदान र श्रमदानगरी ११ लाख ३७ हजारको लागतमा उक्त स्नान स्थल निर्माण गरिएको समितिका अध्यक्ष बलबहादुर राईले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिका १ स्थित निर्मित उक्त स्थानमा हाल ५ वटा ढुंगेधारा,प्रतिक्षालय,शौचालय लगाएतका पूर्वाधारहरु निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष रोशन माझीले जानकारी दिए ।

धरान र धनकुटाको सिमानामा रहेको चुरे क्षेत्रबाट बग्ने यो लेउती खोला दक्षिणबाट उत्तर तर्फ बगेर तमोर नदीमा मिसिने गर्दछ । आगामी बर्षहरुमा थप भौतिक निर्माणहरु गरिने यो स्नान स्थल हिन्दु धर्मालम्बीहरुको एक पवित्र धार्मिक स्थल हुने स्थानियबासिहरुको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖