धनकुटामा ‘कागतीको स्तम्भ’मा तस्विर, सबैभन्दा धेरै लाईक पाउनेले पाए २५ हजार नगद पुरस्कार !

धनकुटा । पर्यटन प्रवर्धन र विकासका लागि असार २० बाट सुरू गरिएको ’ग्रीन कागते, क्लीन कागते’ कागती स्तम्भ तस्विर प्रतियोगिता २०७७ को नतिजा सार्बजनिक गरिएको छ ।

कागतीको स्तम्भमा फोटो खिचेर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरिएको तस्बीरहरुमा तस्बीरमा आएको लाइक संख्याको आधारमा विजयीहरुलाई छनौट गरिएको हो ।

जस अनुसार सर्वाधिक ७ हजार चार सय लाइक पाउंदै धनकुटा ७ सितलपाटीकी सजिना बस्नेत प्रथम भएकी छन् । त्यसैगरि ६ हजार ६ सय लाइक सहित धनकुटा ४ देब्रेबासकी अस्मिता श्रेष्ठ,४ हजार लाइक सहित पाख्रिबास ७ का हामी नेपाली समूह क्रमश: द्वितिय र तृतिय भएका छन् ।

बिजयी प्रतियोगीहरुलाई मेडलसहित क्रमश २५,००० , १५,००० र १०,००० नगद प्रदान गरिने प्रतियोगिताको आयोजक मध्येका हाल हंगकंगमा रहेका सुरेश याक्सोले धनकुटा खबरलाई जानकारी दिनु भयो ।

त्यसैगरि तस्बीरमा १ हजारदेखि माथिका लाईक पाउने समन श्रेष्ठ, लबिका राई , सोनिका डंगोल, दिपा राई, सोस्तिका राई, प्रकाश खत्रि, कोपिला राई, लक्ष्मी राई र रेजिन कार्कीलाई पनि मायाको चिनोसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।