कामविहिन भएपछि सडकमा आउन थाले असङ्गठित मजदुर

काठमाडौं : कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको ब’न्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् । बजार सबै ब’न्द भएर कामविहिन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा अउनु परेको मजदुरको दुखेसो छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै पाँचदेखि सात सय मजदुर खाना कै लागि भेला हुने गरेका छन् ।

ज्याला मजदुरी गर्ने सिन्धुपाल्चोक कान्छा स्याङतान पाँच महिनादेखि बेकामे छन् । बीचमा बन्दाबन्दी खुले पनि राम्ररी काम पाउनु भएन । बन्दाबन्दी हट्दा ज्याला मजदुरीले जेनतेन खानसम्म पुगेको थियो । निषेधाज्ञा भए पछि भने फेरि पहिले झैँ भोकभोकै बस्नुपर्ने अबस्था आएपछि रत्नपार्कमा संस्थाले बाँडेको खानेकुरा खान थालेको स्याङ्तानले बताए । उनी भन्छन्, ‘हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।’

उनीहरुलाई हन्ड्रेड ग्रुपलगायत संस्थाले नियमित खाना खुवाउँदै आएको छ । खान पाउने भएपछि उपत्यकाका तीनै जिल्लामा कामविहिन मजदुर दिउँसो तीन बजे नै यहाँ भेला हुन्छन्। उनीहरुलाई चार बजेको समयमा खाना खुवाउने गरेको उक्त गु्रपका संस्थापक अङ्शु यादवले बताउनुभयो । उहाँका अनुसार रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको छ ।

‘विगतमा दुई/तीन सय आउँथे, अहिले बढेर छ/सात सय पुगेका छन्’, यादवले भने, ‘चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।’ विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उनले बताए । सडकमै भेटिनु भएका होटल मजदुर पूर्णप्रसाद पाण्डेलाई विगतमा खानाको दुःख थिएन । बागबजारको होटलमा खाना पकाउने (कुक) उनी होटल बन्द भएपछि कामविहिन भए ।

उनी पनि संस्थाले दिएको खाना खान रत्नपार्कमा आउछन् । शनिबार खानाको लाइनमा बसेको पाण्डेले अन्य क्षेत्रमा पनि मजदुर भोकभोकै रहेको बताए । थाहा पाएका निकै टाढाबाट खाना खान यहाँ आइपुग्छन् । त्यस्तै पीडा काठमाडौँमा १२ बर्षदेखि भारी बोक्दै आएका सिन्धुपाल्चोकका कुमार श्रेष्ठको पनि छ । कोरोनाले गर्दा काम पाउन नसकेको दुखेसो गर्ने श्रेष्ठ पनि अहिले सडकमा काम विहिन हुनुहुन्छ ।

कहिलेसम्म खानाको लागि सडकमा भौतारिनु पर्ने हो भनेर उनी पनि चिन्तित छन् । विगतमा सरकारले चैत ११ बाट बन्दाबन्दी लागु गरेको थियो । त्यसको अर्काे हप्तामा असङ्गठित क्षेत्रका मजदुरलाई सरकारले खाना खुवाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा विभिन्न संस्थाले समेत साथ दिए । ठाउँठाउँमा भोजन गराएर भोकाहरुको पेट भर्ने वातावरण मिलेको थियो ।

बीचमा ब’न्दाबन्दी खुकुलो हुँदै आएपछि उनीहरुलाई सरकारले काम दिने निर्णय गरेको थियो । उक्त निर्णय कतिपय स्थानीय तहले लागू गरे पनि प्रभावकारी हुन सकेको थिएन । कोभिड–१९ को सङ्क्रमण जो’खिम भएको भन्दै उक्त खाना खुवाउने अभियानलाई सरकारले नै निरुत्साहित ग¥यो । गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य हुँदा मजदुर कामको खोजीमा हिँडेपछि धेरै मजदुर सडकमा देखिएका थिएनन् ।

यही भदौ चार गते उपत्यकामा अत्यावश्यक काम बाहेकका गति विधिमा पूर्ण रो’क लगाउने गरी निषेधको आदेश जारी भएपछि भने मजदुर पुनः सडकमा आउन थालेका हुन् । त्यसरी सडकमा आएका मजदुरलाई विभिन्न संस्थामा आवद्ध युवाको सक्रियतामा खाना खुवाउँदै आइएको छ । खाना खुवाउने अभियान चलाएको हन्ड्रेड गु्रपले संस्थाले गरेको काम फेसबुकमा हाल्ने गरेको छ ।

संस्थाका प्रतिनिधि आफैँ पनि पैसा उठाएर मजदुरलाई खानाको जोहो गर्ने गरेका छन् । फेसबुकबाट थाहा पाएर कति मनकारीले सहयोग पनि गर्छन् । त्यही रकमबाट खाना खुवाउने अभियान सफल भइ रहेको यादवले बताए । बानेश्वरमा खाना बनाउने र टेम्पुलाई दैनिक एक हजार तिरेर खाना ल्याउने गरिएको छ । अभियानमा लायन्स क्लव लगायत विभिन्न संस्थाले सहयोग गर्ने गरेको छ । लायन्स क्लवका प्रतिनिधि इन्द्रबहादुर कार्की सामाजिक उत्तर दायित्व अन्तरगत मजदुरको भोक मेटाउनका लागि आवश्यक सहयोग गर्न थालेको बताउछन् ।

उनले मजदुरहरुलाई सरकारले उचित व्यवस्थापन गर्न सके प्रभावकारी हुने सुझाव दिए। यसरी सडकमा आइपुगेका मजदुरहरुले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । उनीहरुमा प्रभावकारी चेतना समेत पुग्न सकेको देखिएन । सडकका बेवारिसेमा समेत कोभिड–१९ देखिन थालेको वर्तमान अबस्थामा ति मजदुरले सामाजिक दूरी कायम गर्न नसक्दा जोखिम बढ्दो छ । महिनौदेखि प्रयोग भएको फोहर मास्क गोजीमा राखेर बसेका मजदुरले न त हात धुने गर्छन्, न त सेनिटाइज नै प्रयोग गर्न सक्छन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।