‘काेराेना भाइरसले पारेकाे असर र सराेकारवालाकाे भुमिका’ विषयक जिल्ला स्तरीय बतृत्वकला प्रतियोगिता सम्पन्न, चाैविसेगाउँपालिकाकी अनिसा रूचाल प्रथम

धमकुटा । सामुदायिक विकास मञ्च नेपाल,धनकुटाको आयाेजना तथा मानव अधिकार मञ्च, नेपाल ईलामकाे सहयाेगमा ‘काेराेना भाइरसले पारेकाे असर र सराेकारवालाकाे भुमिका’ विषयक जिल्ला स्तरीय बतृत्वकला सम्पन्न भएको छ ।

जिल्ला स्तरीय अनलाईन जुम मार्फत भएको बतृत्वकला प्रतियाेगितामा चाैविसेगाउँपालिकाकी अनिसा रूचाल प्रथम भएकी छन् ।

त्यसैगरि धनकुटाका नपाका सम्राट मानन्धर,साँगुरीगढी गापाका जुनु भुजेल क्रमश: दोस्रो र तेस्रो भएका छन् ।

यस संस्थाले आफ्नो स्थापना कालदेखि नै बालबालिकाको विविध क्षेत्र बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता लगायतको क्षेत्रमा विविध कामहरू गर्दै आइरहेको छ ।

१८ वर्ष मुनिका बालबालिकाको मात्र सहभागिता रहेकाे उक्त प्रतियाेगितामा जिल्लाका सातै स्थानीय तहका ८ जना बालिका र ४ जना बालक गरि १२ जना बालबालिकाकाे सहभागिता रहेकाे थियाे ।

प्रतियाेगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियाेगीले रु. १,५००, रु.१,००० र रु. ५०० नगद पुरस्कारका साथमा प्रमाण पत्र समेत प्रदान गरिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।