धनकुटा सहित दुई नीजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई सूरक्षित सामग्री वितरण

भाद्र २१, धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटा सहित दुई नीजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई आज सूरक्षित समाग्री वितरण गरेको छ ।

कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट सर्तकता अपनाउन संघले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटालाई एक सेट पिपिई,चार थान फ्रेस शिल, मास्क, जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेशी डेण्डल हस्पिटल धनकुटालाई फेस शिल र मास्क लगायत सुरक्षित समाग्रीहरु संघले प्रदान गरेको हो ।

संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले कोशी अञ्चल आयुर्वेद औषाधलयका डा उमेश महतो, जनभावना होमियो प्याथिक हस्पिटल धनकुटाका डा खगेन्द्र कटुवाल,हलेसी डेण्टल हस्पिटलका सञ्चालक तथा स्वास्थ्यकर्मीहरुलाई सूरक्षित समाग्रहरु प्रदान गरेका थिए ।

जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेसी डेण्टल हस्पिटलाई यस अघि पनि संघले पिपिई र सूरक्षित समाग्री प्रदान गरेको थियो । ती सामाग्रीहरु धनकुटा उद्योग बाणिज्य संघलाई उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत र उद्योग संगठन मोरङ विराटनगरका अध्यक्ष भिम घिमिरे र मोरङ व्यापार संघ विराटगरले उपलब्ध गराएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।