भोजपुर हतुवागढी ६ का एक महिला ५ दिनदेखि सम्पर्क विहिन

भोजपुर/धनकुटा खबर । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका ६ का ३५ बर्षीया इन्द्रसरी राई विगत ५ दिनदेखि सम्पर्क विहिन भएकी छन् ।

माइती पक्षका परिवारका अनुसार गत भदौ १७ गतेबाट सम्पर्क विहिन भएकी राईको धनकुटाको खोकुमा विवाह भएको तर श्रीमानले अर्कै विवाह गरेपछि केही समय यता मा’नसिक त’नावमा रहेको जनाएको छ ।


बे’पत्ता राईको चप्पल सोही गाउँपालिका स्थित अरुण नदीको तीरमा भेटिएको स्थानिय समाजमेवी अस्मिन राईले बताउनु भयो ।वहाँको खोजीका लागि हिजै इप्रका घोरेटारमा जाहेरी दिइएको पनि वहाँले बताउनु भयो ।

इप्रका घोरेटारका इन्चार्ज प्रहरी निरीक्षक जस बहादुर लिम्बु संग सम्पर्क गर्दा जाहेरी आएको र उक्त जाहेरीलाई जिल्ला पठाई सकिएको साथै इप्रका चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशी संग सहकार्य गर्दा १८-१९ बर्षको देखिने एक महिलाको लाश भेटिएको र हाल शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा राखिएको बताउनु भयो।

निरीक्षक लिम्बु कै अनुसार माइती पक्षले ला’शलाई हेरेको र खुट्टाको पालिस केही मिलेको भएपनि पूर्णरुपमा सनाखत हुन नसकेको बताउनु भयो।

माइती पक्षले दिएको जानकारी अनुसार श्रीमानले अर्कै बिहे गरेपछि डि’प्रेशनमा रहेकी राई यस अघि पनि पटक पटक घरबाट निस्केर जाने फर्केर आउने तर यसपटक भने यति दिन भो फर्केर नआएपछि खोजतलासको लागि इप्रका घोरेटारमा जाहेरी दिएको बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖