धनकुटा जिल्ला भरिनै आज बिहानै देखि बिद्युत सेवा अवरुद्द
धनकुटा,भदौ २२ । जिल्लाका सबै क्षेत्रमा आज बिहान देखि बिद्युत सेवा अवरुद्द भएको छ । लामो समय सम्म सेवा अवरुद्द भएपछि बित्तिय क्षेत्र,बैंकहरुलाई प्रतक्ष्य असर परेको छ ।
विद्युत प्राधिकरण धनकुटामा सम्पर्क गर्दा धरान-धनकुटा प्रसारण लाइनको भेडेटार मुनि जंगल क्षेत्रको पोलमा रहेको मुख्य लाइनको पिनमा खराबी आएकोले सेवामा जिल्लै भरि अवरोध आएको इन्जिनियर सन्जीव श्रीराम्तेलले बताउनु भयो ।
अहिले उक्त खराबीलाई मर्मत गरिसकिएको र पूरै जिल्लाभरि केही समयमै बिद्युत आपूर्ति हुने इ. श्रीराम्तेलले जानकारी दिनु भयो ।


