धनकुटाका आईसोलेशन सेन्टर र क्वारेनटाईनमा रहेकाहरुलाई स्वच्छ खानेपानीका लागि मिनिलर वाटर प्रदान
भाद्र २२,धनकुटा । धनकुटामा स्थापित आईसोलेशन सेन्टर र क्वारेनटाईनमा रहेकाहरुलाई आज धनकुटा उद्योग वाणिज्य संघ र साथी वचत तथा ऋण सहकारी संस्थाले स्वच्छ खानेपानीका लागि मिनिलर वाटर प्रदान गरेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाका अध्यक्ष जयन्द्र प्रधान र कोषाध्यक्ष रुपेश श्रेष्ठले त्यहाँ उपचाररतहरुका लागि स्वच्छ पीउने पनी प्रदान गरेका हुन् ।
सो अवसरमा यस आईसोलेशन सेन्टरलाई विस्तार गरी साधन स्रोत सम्पन्न बनाउदै अझ प्रभावकारी ढंगले उपचार गराउन नीजि क्षेत्रबाट पनि सवैले सहयोग आवश्यक रहेको साथी वचत ऋण सहकारी संस्थाका अध्यक्ष प्रधानले वताउनु भयो ।
औद्योगिक ग्राममा स्थापना गरिएको सय आईसोलेशन सेन्टरमा अहिले जिल्लाका २० जना कोरोना संक्रमितहरु उपचारत छन् । यसअघि पनि त्यहाँ धनकुटा उद्योग बाणिज्य संघले आयुर्वेद जडिबुटी गुर्जो र पनी उपलव्ध गराएको थियो ।


