धनकुटा उद्योग बाणिज्य संघद्वारा मुख्य मन्त्री र उद्योग मन्त्रीलाई ध्यानर्कषण गराउदै ज्ञापन पत्र

भाद्र २८,धनकुटा । प्रदेश सरकारले उद्योग ,व्यवसाय फर्म दर्ता तथा नविकरणमा तेब्वर बृद्धी गरिएको दस्तुर खारेज गरी पुरानो दस्तुरमा समेत ७५ प्रतिशत छुट गर्न माग गर्दै आज धनकुटा उद्योग बाणिज्य संघले १ नम्वर प्रदेशका मुख्य मन्त्री र उद्योग मन्त्रीलाई ध्यानर्कषण गराउदै ज्ञापन पत्र पठाएको छ ।

लकडाउनको कारण उद्योग तथा व्यावसाय बन्द भै पूर्ण रुपमा धाराशाही बन्दै गएकोले विगत जस्तै महिला र दलित उद्यमीहरुलाई नि:शुल्क उद्योग तथा व्यावसाय दर्ता गर्ने र अन्य उद्योगी तथा व्यवासायीहरुलाई पनि उद्योग दर्ता र नविकरण शुल्क ७५ प्रतिश छुट गरिदिन हुनका लागि संघले १ नं प्रदेशका मुख्य मन्त्री र उद्योग मन्त्रीलाई ध्यानर्कषण गराउदै घरेलु तथा साना उद्योग कार्यालय धनकुटा मार्फत ज्ञापन पत्र पठाएको हो ।

ज्ञापन पत्र संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,महासचिव राम गोङ्वा तामाङ्ग,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले घरेलु तथा साना उद्योग कार्यालय धनकुटका अधिकृत कृष्ण प्रसाद पौडेललाई बुझाएका थिए ।

ज्ञापन पत्र वुझ्दै घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अधिकृत कृष्ण प्रसाद पौडेलले प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषद र उद्योग मन्त्रालयमा पठाई दिने वताउनु भयो । साे अवसरमा संघका अध्यक्ष राईले बृद्धी गरिएको फर्म दर्ता र नविकरण शूल्क खारेज गरी पुरानो शूल्कमा समेत ७५ प्रतिशत छुट नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाले महिला दलित उद्यमीहरुलाई पहिलाको जस्तै निशुल्क फर्म दर्ता गर्ने व्यवस्था समेत गर्न माग गर्नु भयो ।

कोरोना भाईरसका कारण निरन्तर भैरहेको लकडाउनले उद्योग तथा व्यापार क्षेत्र पूर्ण रुपमा तहस नहस भै चरम आर्थिक संकट भैरहेकाले उद्योग व्यावसाय सञ्चालन गर्ने वातावरण बनाई दिन र उद्योगी व्यावासायीहरुलाई पनि प्रदेश सकारबाट विशेष अनुदान दिन र विभिन्न वितिय संस्था तथा बैकहरुबाट सहुलियत कर्जा,पुनकर्जा तथा आकस्मिक कर्जाको व्यवस्था लगायत अन्य सुविधाहरु उपलब्ध गराई दिन हुनका लागी समेत  संघले १ नं प्रदेश सरकार समक्ष माग गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।