पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार थान मास्क उपलव्ध
अशोज २,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार थान मास्क उपलव्ध गराईएको छ ।

रेडियो भेडेटारको संयोजन तथा नेपाल ट्रेड यूनियन कांग्रेस धनकुटाको सहयोगमा एक कार्यक्रमका वीच ती सामाग्री नेपाल ट्रेड यूनियन कांग्रेस प्रदेश १ का सदस्य गुरुप्रसाद काफ्लेले नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथी नेपाल ट्रेड यूनियन कांग्रेस प्रदेश १ का सदस्य काफ्लेले पत्रकारहरु लाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँनु भयो । कार्यक्रमा रेडियो भेडेटारका अध्यक्ष दिनेश राईले अहिलेको कोरोनाको महामारीमा सबै सूरक्षित बस्नु पर्ने र त्यसका लागि सूरक्षात्मक सामग्रीको प्रयोग गर्नु आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा ट्रेड यूनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याख्खा, उपाध्यक्षद्धय पूर्णकुमार चौधरी र कुलप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष मोहन वान्तवा, नेपाल पत्रकार महांसघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु शिक्षक संघ प्रदेश १ का उपाध्यक्ष गंगाराम ढुगाना, नेपाली कांग्रेस धनकुटाकाका सचिव बिजय सन्तोषी राईले अग्रपंतिमा काम गर्ने पत्रकारहरु लाई स्वास्थ्य समाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।


