भोजपुर जिल्ला हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको नि’धन
भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको नि’धन भएको छ ।

हतुवागढी –४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे नि’धन भएको हो । भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना गरिएकी उनमा ज’न्डिस र र’क्तचापको कमी देखिएको थियो ।
स्वास्थ्य केन्द्रको सिफारिसमा असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति ३ बजे चिकित्सकले मृ त घोषणा गरेको बताइएको छ ।-सौर्य खबर


