धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्रका विद्यालयहरु पनि सञ्चालन हुंदै

आश्विन ८ ,धनकुटा । कोरोना महामारी नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनका कारण लामो समयदेखी वन्द रहेका शैक्षिक संस्थाहरु क्रमश सञ्चालनमा आउन थालेकाछन् ।

झण्डै ६ महिना देखी वन्द रहेका शैक्षिक संस्थाहरु सूरक्षात्मक मापदण्ड अपनाएर सञ्चालन गर्ने सरकारको निर्णय अनुसार विद्यलयहरु खुल्न थालेका हुन् । सोही अनुसार धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्रका विद्यालयहरु पनि सञ्चालनमा आउन थालेका छन् ।

यहाँका ३२ सामुदायिक र ५ संस्थागत विद्यालयहरु मध्ये अधिकांश विद्यालयमा विगत एक हप्ता देखी सामाजिक दूरी कायम गरि विहान ६ देखी १० वजे, विहान साढे १० देखी दिउँसो १ वजे र दिउँसो साढे १ देखी ४ वजे सम्म तीन सिफ्टमा विद्यार्थी विभिाजन गरि अध्ययन अध्यापन सुचारु गरिएको पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईले वताउनुभयो ।

विद्यालय सञ्चालनको विषयमा नगर कार्यपालिका,नगरको शिक्षा शाखा तथा सूरक्षा निकाय वीच गरिएको छलफल एवम् वैठक पछि विद्यालयहरु सञ्चालन गर्न थालिएको उहाँले वताउनुभयो । नगर कार्यपालिकाको वैठकले विद्यार्थी र शिक्षकहरुको स्वास्थ्य सूरक्षाका लागि विद्यालयहरुलाई कपडाको ५ हजार मास्क उपलव्ध गराउने र अभिभावकहरुलाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

विद्यार्थी संख्या वढी भएका र खुल्न बाँकी रहेका विद्यालयहरुमा थप आवश्यक व्यवस्थापन मिलाई पठनपाठन चाडै सुचारु हुने नगरकार्यपालिकाले जनाएको छ । यहाँका सामुदायिक र संस्थागत जम्मा ३७ वटा विद्यालयहरुमा करिव ३२ सय वढी विद्यार्थी अध्ययनरतछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।