धनकुटा जिल्लाका ३ सय २४ जना घर धनीले घर भाडा छुट गरी सहयोग गरेको : धनकुटा उद्योग बाणिज्य संघ

आश्विन ९,धनकुटा । कोरोना माहामारीको कारण लामो समय सम्मको लक डाउनले संकटमा परेका उद्योगि, व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै आज सम्म धनकुटा जिल्लाका ३ सय २४ जना घर धनीले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

सकारले लामो समय सम्म लगाएको लक डाउनका कारण उद्योग,व्यापार,व्यावसाय बन्द हुदा चरम आर्थिक सकंटको मारमा परीरहेका उद्योगी, व्यापारी र व्यावसायीहरुलाई भाडा छुट गरी महत्वपूर्ण सहयोग गरी दु ख मा गुन लगाएको संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

जिल्लाभरका ३ सय २४ जना घर धनीले घर भाडा र धनकुटा नगरपालिका,धनकुटा अस्पताल,त्रिवेणी मावि धनकुटा,नेपाल पत्रकार महासंघ धनकुटा, समाज कल्याण संस्था धनकुटा, नेपाल निर्माण व्यावसायी संघ धनकुटा लगायतले व्यापारीक भवनहरुको भाडा र सटरको भाडा छुट गरी संकटको घडीमा व्यापारी तथा व्यावसायीहरुलाई राहत दिएको संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

जिल्लाभरी घर भाडा छुट गर्नु हुने घरधनीहरु र सरकारी तथा गैरसकारी कार्यालय तथा संघ संस्थाहरुले २ महिना देखी ५ महिना सम्मको भाडा छुट गरेको संघले जनाएको छ । महाविपत र दुखमा भाडा छुट गरी अतुलनिय सहयोग गर्नु हुने घर धनी, सरकारी तथा गैरसरकारी संघ संस्थालाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको र सम्मान गर्न बाँकी लाई विशेष समारोहका वीच सम्मान गर्ने जनाईएको छ । घर भाडा छुट गर्न बाकी रहेका घर धनीलाई आफुले सक्दो भाडा छुट गरी सहयोग गर्न पनि संघले विज्ञप्ती मार्फत अपिल गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖