हिले पार्क जोनको निर्माण सम्पन्न भएपनि प्रदेश सरकारले रकम भुक्तानी नदिएपछि प्रयोगमा आउन सकेन

आश्विन १०,धनकुटा । प्रदेश सरकार वन, वातवरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका १ हिले वीच वजारमा करिव १ रोपनी वढी क्षेत्रफलमा निर्माण गरिएको हिलेपार्क जोन प्रयोगमा आउन सकेको छैन ।

गएको आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तमै निर्माण कार्य सम्पन्न भैसकेको हिले पार्क जोनको रकम भुक्तानी प्रदेश सरकारले हालसम्म नदिएपछि निर्माण कार्य सम्पन्न भएर पनि प्रयोगमा ल्याउन स्थानिय निर्माण उपभोक्ता समितिले नदिदा प्रयोग आउन नसकेको हो ।

निर्माण कार्य सम्पन्न भएको तीन महिना वितिसक्दा पनि प्रदेश सरकारले भुक्तानी नदिएको कारण आन्तरिक तथा वाह्य पर्यटकका लागि हिलेपार्क खुल्ला गर्न नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धिरेनले थिङले बताउनुभयो ।

प्रदेश नं १ कै पर्यटकिय स्थल हिले वजारमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई घुम्न सहज होस भन्ने उदेश्यले निर्माण गरिएको यस पार्क जोनको करिव ६७ लाख रुपयाँ प्रदेश सरकारले हालसम्म भुक्तानी नदिएको जनाईएको छ । प्रदेश सरकारले भुक्तानी नदिएपछि लाखौं रुपयाँ खर्च गरेर निर्माण गरिएको हिलेपार्क जोनमा निर्माण उपभोक्ता समितिले ताला लगाई दिएका छन् । मन्त्रालयले कुल ८० लाख रुपयाँमा काम सम्पन्न गर्ने गरी समझौता गरी काम लगाए पनि अहिलेसम्म २० लाख रुपयाँ मात्र पहिलो रनिङ्ग विलको भुक्तानी दिएको समितिका अध्यक्ष थिङ्गले वताउनुभयो ।

धनकुटा नगरपालिकाको पहलमा करिव १ रोपनी भन्दा वढी क्षेत्रफलमा फैलिएको हिलेपार्क जोनमा एकै पटकमा ६ जनासम्मले प्रयोग गर्न मिल्ने महिला पुरुषको छुट्टा–छुट्टै सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । नगरपालिकाले ५० लाख रुपयाँ खर्चेर व्याक्तिको नीजि जग्गा खरिद गरी सार्वजनिक हिलेपार्क जोन निर्माण गरिएको नगर प्रमुख चिन्तन तामाङले वतानुभयो । पार्कमा स्थानिय वृद्धवृद्धालाई पार्कको विभिन्न स्थानमा विश्रामलय, आन्तरिक तथा वाह्य पर्यटकहरुलाई हिले र आसपासको क्षेत्रको पर्यटकीय स्थलहरुको जानकारी गराउने उदेश्यले सूचना केन्द्र समेत निर्माण गरिएको छ । साथै हिलेको ऐतिहासिक एवम् पुरातात्विक वस्तुहरुको पहिचान झल्काउने फोटो संग्राहलय समेत स्थापना गरिएको छ ।

यो जोनलाई सुन्दर वनाउन पार्क भित्र रातको समयमा वत्ति बाल्न ५ वटा सोलारका साथमा ४८ वटा लाईट बलहरु राखिएका छन् । पार्कको माथिल्लो भागमा पानीको फोहोरा फाउण्टेन राखिएको छ । जस्ले गर्दा घुम्न आउने आन्तरिक र वाह्य पर्यटकको मन भुल्याउन र मनोञ्जन लिन मद्धत पु¥याउने छ । पार्कमा आउने पर्यटहरुलाई घण्टौं सम्म रमाउन धनकुटा नगरपालिकाले फ्रि वाईफाईको प्रवन्ध मिलाएको छ । पर्यटक तथा पार्कमा आउने जोकोही लागि वस्नलाई १६ वटा भन्दा धेरै फलामको वेञ्च निर्माण गरिएको छ । हिलेपार्क जोनलाई सजाउन विभिन्न साईजका माटाका घैला १ दर्जन, गमला २ सय थान, २ वटा बाघको स्टाचू र विभिन्न प्रजातीका साईकस, क्याक्टस लगायत दर्जनौ रंगका फूलहरु खरिद गरेर पर्यटकको मन लोभ्याउन सजाएर राखिएका छन् ।

हिले विगत लामो समय देखी पर्यटकिय केन्द्र भएपनि हालसम्म वजार क्षेत्रमा सार्वजानिक शौचालय नभैरहेको अवस्थामा हिलेपार्क निर्माण संगै २ वटा महिला पुरुषको छुट्टा–छुट्टै शौचालय निर्माण हुनु र शौचालय संगै हिलेपार्क निर्माण हुनुले आगामी दिनमा हिले प्रदेश नं १ कै पर्यटकिय हव बन्नेमा आशावादी रहेको धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङले वताउनुभयो । उहाँले आ व ०७६/०७७ मा हिले वजारको सिरानमा हिले भ्यूटावर, बक्रकुण्मा नागको स्टाचु, टायल विच्छ्याउने कार्य,हिले खेल मैदान निर्माण, टिम्वुरे डाँडामा सागर घर, सात तले गुफामा विभिन्न भौतिक पुर्वाधारको काम सम्पन्न भएको वताउनुभयो ।

त्यसका साथै हिले नजिकैको जौटार सामुदायिक वनमा पनि पर्यटकको आकर्षणको लागी पिकनिक स्र्पोट, वालउद्यान लगायतका दर्जनौ भौतिक पूर्वाधारका योजनाका काम सम्पन्न भैसकेको वडाध्यक्ष तामाङको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।