धनकुटा उद्योग बाणिज्य संघद्वारा धनकुटा नपा ६ को वडा कार्यालयका कर्मचारीहरुलाई फेस सिल प्रदान
धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले धनकुटा नगरपालिका वडा नंं ६ को वडा कार्यालयका कर्मचारीहरुलाई फेस सिल प्रदान गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट सर्तकता अपनाउन संघको चेम्वर भवनमा रहेको धनकुटा नगरपालिका ६ नं वडा कार्यालय र उद्योग बाणिज्य संघमा जन सम्पर्क बढी हुने बढी भीडभाड हुने भएकाले कर्मचारीहरुलाई फेस सिल प्रदान गरेको संघले जनाएको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई, वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले वडा कार्यलयका कर्मचारीहरुलाई फेस सिल वितरण गरेका थिए ।
संघले यस अघि पनि फ्रन्ट लाईनमा काम गर्ने जन सम्पर्क बढी हुने कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय,कोशी अञ्चल आयूर्वेदिक औषाद्यालय,नेपाल विद्युत प्राधिकरण ,करदाता सेवा कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय र नीजि अस्पताल,व्यूटीशिन, हेयर कटिङ्ग ,औषधी पसल व्यावसायीलाई फेस सिल,माक्स सेनिटाईजर लगायत सूरक्षित समाग्रीहरु प्रदान गरिसकेको छ ।


