क्रियाशिल सदस्यता वितरणलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय
धनकुटा खबर । धनकुटा नगरपालिका क्षेत्रमा नेपाली कांग्रेस धनकुटाले नयाँ ढंग र शैलीबाट संगठन विस्तार एवम् सुदृढीकरण गर्न क्रियाशिल सदस्यता वितरणलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठको अध्यक्षतमा हिजो सम्पन्न नगर भेलाले त्यस्तो निर्णय गरेको हो । संगठन विस्तार गरी क्रियाशिल बनाउने मुख्य आधार सदस्यता वितरण नै भएकाले यस कार्यलाई प्रभावकारी र वैज्ञानिक तरिकाले सञ्चालन गर्नुपर्नेमा सो पार्टीका नेता तथा कार्यकर्ताहरुले जोड दिएका छन ।
पार्टी जिल्ला उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,क्षेत्रिय सदस्य रङ्गलाल रोईलाले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणलाई पहिलो प्राथमिक्ता दिई प्रभावकारी रुपमा अभियान सञ्चालन गर्ने वताएका छन् । भेलामा नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठले बिधान अनुसार नगर कार्य समितिको सचिवमा सिताराम न्यौपाने र सहसचिवमा अभिषेक कर्माचार्यलाई मनोनित गरेको घोषणा गर्नु भएको थियो ।
नगर कार्य समितिका सचिव न्यौपाने र सहसचिव कर्माचार्यलाई जिल्ला उपसभापति शाक्य ,सविच राई,जिल्ला सदस्य गोविन्द्र वाग्ले र नगर सभापति श्रेष्ठले खादा तथा टिका लगाई बधाई ज्ञापन गरेका थिए । भेलामा पार्टीका नगर कार्य समितिका सदस्यहरु सहित विभिन्न वडाका वडा सभापति, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतको उपस्थिती थियो।


